काठमाडौँ । एमसीसी संसदबाट पारित गरेको विरोधमा आज ६ दलीय मोर्चाले विरोध सभा गर्दैछ । एमसीसीलाई कार्यान्वयन हुन रोक्ने उदघोषसहित ६ पार्टी र दुई मोर्चाले चरणवद्ध विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । त्यसै अन्तरगत आज काठमाडौँमा विरोध सभा हुन लागेको हो ।
एमसीसी राष्ट्रहितमा नभएको भन्दै विरोध गर्दै आएका नेकपा, नेकपा क्रान्तिकारी माओवादीसहितको ६ दलीय मोर्चाले विरोधलाई देशव्यापी बनाउने बताएको छ । एमसीसीसँगै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूमा संयुक्तरुपमा संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
आजको विरोध सभालाई नेकपाका महासचिव विप्लव, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपा अध्यक्ष ऋषि कट्टेललगायत नेताहरुले सम्बोधन गर्ने बताइएको छ । त्यस्तै, एमसीसी संसदबाट अनुमोदनको विरोध गर्दै आएका नेकपा एमालेका नेता भीम रावल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा मसालका महासचिव मोहनविक्रम सिंह, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि सम्बोधन गर्ने आयोजकले मोर्चाले जनाएको छ ।
फागुन १५ गते एमसीसी पारित गरेपछि बसेको मोर्चाको बैठकपछि जारी गरिएको जारी गरिएको विज्ञप्तिमा भनिएको थियो, “घोर राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट पारित हुँदै गर्दा नेकपा ९एमाले० ले त्यसका विरुद्ध सङ्घर्ष गर्नुको सट्टा वयल घेराउको बहानामा सम्झौता पारित गर्न सघाउ पु¥याउने कार्य गरी नेपाली जनता र राष्ट्रप्रति अन्तरघात गरेको छ । एमसीसी सम्झौता पारित गर्ने राष्ट्रघातका विरुद्ध अविराम र निर्णायक जनसङ्घर्ष सञ्चालन गर्नु सम्पूर्ण देशभक्त नेपाली जनताको अहम् कर्तव्य हुन पुगेको छ । विषयको यही गम्भीर्यलाई दृष्टिगत गरी हामी ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आगामी चैत ६ गतेसम्मको जनसङ्घर्षका कार्यक्रमहरू घोषणा गरेका छौँ । सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त शक्तिहरू, राष्ट्रवादी व्यक्तित्वहरू र आमनेपाली जनसमुदायमा घोषित सङ्घर्षको कार्यक्रमलाई सशक्त रूपमा सफल पार्न व्यापक सहभागिताका निम्ति विनम्र अनुरोध गर्दछौँ ।”
मोर्चामा नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेका छन् ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          







