आज :

आज शेर्पा समुदायको नयाँ बर्ष- २१४९, देशभर सार्वजनिक बिदा 

काठमाडौं । आज ल्याल्पो ल्होसार पर्व । शेर्पा समुदायले फागुन शुक्लपक्ष प्रतिपादाको दिन नयाँ बर्षको रुपमा ग्याल्पो ल्होसार मनाइन्छ । विशेष गरी हिमाली क्षेत्रमा बसोबास गर्ने महायानी बौद्ध धर्मावलम्बी शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी ल्याल्पो ल्होसार मनाउँछन् ।

आज शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने गरिन्छ ।

ल्याल्पो ल्होसारले पारिवारिक एवम् सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा लिइन्छ ।

आज सरकारले सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतले शेर्पा समुदायको ल्याल्पो ल्होसार-२१४९ को अबसरमा शुभकामना दिएका छन् ।

ग्याल्पो ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरी ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गर्नुभएको छ । साथै उहाँले सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भइ राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताउनुभएको छ ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवम् सांस्कृतिक विविधताले सम्पन्न देश भएको उल्लेख गर्दै सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र महासन्धि कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal