आज :

सभामुखविरुद्ध महाअभियोग ल्याउँछाैंः बास्कोटा

काठमाडौँ । नेकपा नेता गोकुल बास्कोटाले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउन लागेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका बास्कोटाले एमालेलाई परास्त गर्ने भुमिका खेलिरहेको सभामुख सापकोटाविरुद्ध महाअभियोग ल्याउने जानकारी दिए ।

नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन सुर्खेत पुगेका बास्कोटाले पत्रकारसँग कुरा गर्दै सभामुख कुनै पार्टीको हैन र त्यो पद संसदको सबैभन्दा माथिल्लो भएको तर सापकोटा पक्षपाती भएको आरोप समेत लगाए ।

नेता बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीका विरुद्धमा पहाड सिर्जना गरेको बताए । उनले एमसीसी परियोजना त्यति गिजोल्नुपर्ने नभएको दाबी गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal