आज :

६ पार्टीद्वारा एमसीसीविरुद्ध नयाँ आन्दोलन घोषणा, फागुन २० गते काठमाडौँमा जनसभा

काठमाडौँ । एमसीसीमा संसद्बाट भएपनि ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले संयुक्त रुपमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाल बन्द गरेका उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपासहित ६ पार्टी र दुई मोर्चाको संयुक्त बैठकले आगामी चैत्र ६ गतेसम्म चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । साथै, बैठकले यही फागुन २० गते काठमाडौँमा विशाल जनसभा गर्ने भएका छन् । एमसीसी संसदबाट अनुमोदन गरेर संसदीय पार्टीले राष्ट्रघात गरेको बताउँदै त्यसविरुद्ध संघर्ष गर्ने ६ पार्टीको निष्कर्ष रहेको छ ।

“नेपाली राजनीतिक आन्दोलन र राष्ट्रिय मुक्तिको जनसङ्घर्षको इतिहासमा नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी, सच्चा लोकतन्त्रवादी, देशभक्त शक्ति र राष्ट्रवादी आमनेपाली जनताले गत फागुन १५ गतेलाई कालो दिन घोषणा गरेका छन् । शेरबहादुर देउवा सरकार, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी खारेजी आन्दोलनका खिलापमा राष्ट्रघाती, जनघाती र अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरे । यो देश र नेपाली जनताका विरुद्ध गरिएको अक्षम्य अपराध साबित भएको छ” मंगलबार संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

नेकपा एमालेले एमसीसीको विरोध गर्नुको साटो विरोध गरेको वहानामा पारित गर्न सहयोग गरेको भन्दै राष्ट्रघातमा सहभागी भएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, “घोर राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट पारित हुँदै गर्दा नेकपा (एमाले) ले त्यसका विरुद्ध सङ्घर्ष गर्नुको सट्टा वयल घेराउको बहानामा सम्झौता पारित गर्न सघाउ पु¥याउने कार्य गरी नेपाली जनता र राष्ट्रप्रति अन्तरघात गरेको छ । एमसीसी सम्झौता पारित गर्ने राष्ट्रघातका विरुद्ध अविराम र निर्णायक जनसङ्घर्ष सञ्चालन गर्नु सम्पूर्ण देशभक्त नेपाली जनताको अहम् कर्तव्य हुन पुगेको छ । विषयको यही गम्भीर्यलाई दृष्टिगत गरी हामी ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आगामी चैत ६ गतेसम्मको जनसङ्घर्षका कार्यक्रमहरू घोषणा गरेका छौँ । सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त शक्तिहरू, राष्ट्रवादी व्यक्तित्वहरू र आमनेपाली जनसमुदायमा घोषित सङ्घर्षको कार्यक्रमलाई सशक्त रूपमा सफल पार्न व्यापक सहभागिताका निम्ति विनम्र अनुरोध गर्दछौँ ।”

संयुक्त प्रेस विज्ञप्तिमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले हस्ताक्षर गरेका छन् ।

यस्ता छन् चरणवद्ध विरोधका कार्यक्रमः

फागुन २० गते काठमाडौँ उपत्यकामा विशाल विरोध प्रदर्शन र संयुक्त विरोधसभा, फागुन २२ गते बुद्धिजीवीहरूको अन्तरक्रिया, फागुन २४ गते ८ मार्च भव्य रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन र सभा, फागुन २६ गते विद्यार्थीहरूको देशव्यापी क्याम्पस र विद्यालयहरूमा विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरूको देशव्यापी विरोध प्रदर्शन र सभा, फागुन ३० गते मजदुरहरूको देशव्यापी विरोध प्रदर्शन र सभा, चैत २ गते किसानहरूको देशव्यापी विरोध प्रदर्शन र सभा, चैत ४ गते श्रमिक÷दलित समुदाय मोर्चाको देशव्यापी विरोध प्रदर्शन र सभा, चैत ६ गते राष्ट्रिय मुक्ति (जातीय÷क्षेत्रीय) मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शन र सभा ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal