आज :

एमालेलाई प्रक्रियाबाट बञ्‍चित गरियो तर एमसीसी कार्यान्वयन गर्नुपर्छः ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी परियोजना एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । एमसीसी प्रतिनिधिसभाबाट पारित गरेपछि पार्टीको धारणा सार्वजनिक गर्दै ओलीले प्रक्रियागत त्रृटि भएपनि अब कार्यान्वन गर्नुको विकल्प नभएको बताए ।

चौतर्फी विरोध भइरहेको एमसीसीको विपक्षमा ओलीले धारणा सार्वजनिक गर्ने अनुमान बीच पक्षमा बोलेका छन् । उनले सरकारले प्रक्रियागत त्रृटि गरेपनि संसदबाट पारित भइसकेकोले देशको हितमा कार्यान्वयन गर्नुपर्ने बताए । ओलीले आफ्नो पार्टीलाई एमसीसी पास गर्ने प्रक्रियाबाट बञ्चित गरिएको गुनासो समेत गरे ।

पत्रकार सम्मेलनमा ओलीले भने, “एउटा देशको सहयोग निकायसँग हाम्रो देशले गरेको सम्झौता संसद्बाट पारित भइसकेपछि त्यो कार्यान्वयन नहुने भन्ने कुरा हुँदैन । प्रक्रियागत त्रुटि सरकारको त्रुटि हो, त्यो गलत हो । त्यसो गर्नु हुँदैनथ्यो सरकारले ग¥यो । संसदमा पनि स्वस्थ ढंगले कहाँ बिचार गर्न दिइयो र ? जसरी पनि पास भएपछि अव यो कार्यान्वयनमा जानुको कुनै विकल्प छैन । कार्यान्वयनमा जानुपर्छ ।” उनले कार्यान्वयन कसरी जान्छ हेर्नुपर्ने बताउँदै राष्ट्र हितमा कार्यान्वयनको खबरदारी गर्नुपर्ने समेत बताए । ओलीले एमसीसीको कार्यान्वयन विकासको पक्षमा हुनपर्ने बताए ।

पत्रकारको प्रश्नको जवाफ दिँदै ओलीले अमेरिकाले एमसीसी पास गर्न दवाव नदिएको बताए । उनले आफू ठूलो दलको अध्यक्ष भएकोले भारत, चीन, अमेरिकाका अधिकारीले फोन गर्नु स्वाभाविक कुरा रहेको बताए । उनले अमेरिकी सहायक विदेश मन्त्रीको पनि फोन आएको तर दबाब नआएको दाबी गरे ।

ओलीले एमसीसीबारे जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसक्रममा फिँजाइएका भ्रम तथा विभिन्न रंग र आकारका पुलिन्दा निर्माण गरी बिक्री गर्न खोजिएका घिनलाग्दा स्वार्थहरुले द्विपक्षीय वा बहुपक्षीय प्रत्यक्ष लगानी, ऋण वा अनुदान सहायता प्राप्त हुने प्रक्रिया, प्रस्तावको तयारी र त्यसमा प्रयोग हुने भाषा तथा कार्यान्वयन प्रतिबद्धताजस्ता कैयौँ विषयमा सत्ता–गठबन्धनका केही नेताहरुमा रहेको अज्ञानता वा गैरजिम्मेवारपन प्रकट भएको छ । राष्ट्रिय हितको वास्ता नगरी आफ्नै क्षुद्र र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरुका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरुको अविश्वसनीयता समेत उदाङ्गो भएको छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal