आज :

युक्रेनमा हमला तेज बनाएसँगै चिनियाँ लडाकु विमान ताइवानको आकाशमा

काठमाडौँ । रुसले युक्रेनमाथि हमला गरेको आज छैटौं दिन । मंगलबार रातिदेखि रुसले हमला झन तेज बनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । सैन्य अस्त्रसहित ६४ किलोमिटर लामो रुसी सैनिकको लस्कर युक्रेनको राजधानी किभ तर्फ अघि बढेको बढेको सेटलाइट तस्विर सार्वजनिक भएको छ ।

युक्रेनको पक्षमा अमेरिकासहित पश्चिमा देशहरुले युद्ध सामाग्रीसहित सहयोग गरिरहेका छन् । बेलायतलगायतका देशहरुले पठाएको युद्ध सामाग्री युक्रेन पुगेको बताइएको छ । पश्चिमा देशहरुले रुसमाथि थप नाकाबन्दी लगाइरहेका छन् । त्यसको जवाफमा रुसले पनि उनीहरुका चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाएको छ भने आफ्नो मुद्रा पलायन हुनबाट रोकेको छ ।

रुसमा लगानी भएका पश्चिमा देशहरुको लगानी किनबेचमा रुसले रोक लगाएको छ । पश्चिमा संचारमाध्यमहरुले युक्रेनमा रुसको ठूलो क्षति भएको प्रचार गरिरहेका छन् । तर, एकपछि अर्को रुसले हमला तेज पारेको छ ।

यसैबीच युक्रेनमा रुसले हमला तेज पारिरहेको बेला चीनका लडाकु विमान ताइवानको क्षेत्रमा घुमिरहेका छन् । भारतीय संचारमध्यमहरुका अनुसार ताइवानको हवाई क्षेत्रमा चिनियाँ विमान घुमिरहेका छन् । रुसले युक्रेनमा हमला गरेककै बेला चीनले पनि ताइवानमा हमला गर्न सक्ने चर्चा पनि हुन थालेको छ ।

यदि चीनले ताइवानमा हमला गरेमा यसले विश्व युद्धको अवस्था सिर्जना गर्नेछ । त्यसपछि अहिले तटस्थ बसेका देशहरु पनि ध्रुविकरण हुनेछन् । रुस युक्रेन मामलामा भारत, ब्राजिल, यूएईलगायतका देशहरु तटस्थ देखिएका छन् । उनीहरुको नैतिक समर्थन रुसलाई रहेको बताइएको छ ।

ताइवानमा २०१६ मा साइ इङ वेन पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि नै चीनसँगको सम्बन्धमा चिसोपन आएको हो । अमेरिका र जापानले वेनलाई चीनविरुद्ध उचालेको आरोप लाग्दै आएको छ ।

सन् २०२० सुरु भएछि पनि चीनका आधा दर्जन युद्धपोतहरु ताइवान पुगिसकेका छन् । अमेरिकाले ताइवानमा हतियार व्यपार गर्दै आएको छ । त्यसैले ताइवान चीनको चाँसो बढदो छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal