धनगढी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरि चौधरी निर्वाचित भएका छन् । सहमति नभएपछि भएको चुनावको राति सकिएको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।
त्यसैगरी उपाध्यक्षमा अंकल बहादुर रावल, मान सिंह माल क्रान्ति, रण बहादुर कुँवर निर्वाचित भएका छन् भने सचीवमा जनक बुढा, सह-सचिव: नन्दबहादुर साउद, सह-सचिव: राम बहादुर देवकर, सह-सचिव: अञ्जीता श्रेष्ठ र कोषाध्यक्ष: कमला कुमारी शाहीमा निर्वाचित भएका छन् ।
प्रदेश अधिवेशनपछि लामो समयसम्म भएको सहमतिको प्रयास असफल भएपछि सोमबार निर्वाचन भएको थियो । चाैधरी राष्ट्रियसभा सदस्य समेत रहेका चौधरीले ११४ मत पाउँदा प्रदेश सरकारका पर्यटनमन्त्री रहेका धामीले मात्र ९३ मत पाए । कुल २१० मत खसेकाे थियो ।