आज :

सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासहित एमसीसी ध्वनी मतद्वारा संसदबाट पारित

काठमाडौं । बहु विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित भएको छ । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै एमसीसी आइतबार साँझ बसेको प्रतिनिधिसभा बैठकले एमसीसी पारित गरेको हो ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए । उक्त घोषणालाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकले व्याख्यात्मक घोषणासहित सो प्रस्ताव अनुमोदन गरेको हो । बैठकमा अर्थमन्त्री शर्माले सो प्रस्ताव पारित गरियोस् भनि प्रस्ताव गरेका थिए । त्यसलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेसँगै ध्वनि मतले सो प्रस्तावलाई अनुमोदन गरेको घोषणा गरेका थिए ।

प्रतिनिधिसभा बैठक दुई चरणमा बसेको थियो । पहिलो चरणमा एमसीसीमाथि सामान्य छलफल गरेको थियो भने दोस्रो चरणमा बसेको बैठकमा निर्णर्थ प्रस्तुत गरिएको थियो । त्यो भन्दा पहिलो संसदमा एमसीसीको पक्ष र विपक्षमा सांसदहरुले धारणा राखेका थिए ।

एमसीसीको पक्षमा नेपाली काँग्रेसका सांसदहरुले राष्ट्रहित विपरित नभएको बताएका थिए भने माओवादी र एकीकृत समाजवादीका सांसदहरुले एमसीसीका कतिपय प्रावधान विवादित र देशहित विपरित भएको बताएका थिए । त्यस्तै, नेकपा एमालेका सांसद भीम रावलले एमसीसी राष्ट्र घाती भएको बताएका थिए ।

आजै बसेको मन्त्रिपरिषद बैठकले १२ बुँदे व्याख्यात्मक घोषणालाई पारित गरेको छ । उक्त घोषणालाई एमसीसीसँगै अनुमोदन गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal