आज :

एमसीसीका कारण फेरि प्रतिगामीहरु फर्किने खतरा बढ्‍योः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमसीसीकै कारण प्रतिगमनकारी शक्ति फेरि हाबी हुने खतरा बढेको बताइका छन् । एमसीसीका गठबन्धन टुट्ने अवस्था आएको भन्दै एमसीसीलाई पनि टुंगो लगाएर सत्ता गठबन्धन जोगाउने अन्तिम प्रयास भइरहेको बताए ।

जनयुद्धका प्रथम शहिद दिलवहादुर रम्तेलको स्मृतिमा शनिवार पेरिसडाडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले ठूलो संघर्षबाट वर्तमान गठबन्धन बनाइएको भन्दै एमसीसी पनि समाधान हुने र गठबन्धन पनि जोगाउने प्रयाय आफूले गरिरहेको बताए ।

‘एमसीसीको समस्या समाधान होस,गठनबन्धन पनि नटुटोस् भन्ने कुनै उपाय छ कि भनेर अन्तिम प्रयास गरिरहेका छौं । नत्र एमसीसीकै कारण हामीले हिजो जसलाई प्रतिगमनकारी भन्यौ,जुन कदमलाई प्रतिक्रान्तिकारी भन्यौ,जसको भण्डफोर गरेर नयाँ गठबन्धनको जन्म भयो फेरि त्यही शक्ति फर्किने खतरा छ’ प्रचण्डले भने । अहिलेको सत्ता गठबन्धन राष्ट्रियता,संविधान र लोकतन्त्र बचाउन बनेको भन्दै त्यसबेला एमसीसी कहिँ कतै नरहेको प्रचण्डले बताए ।

गठबन्धन र सरकार बनिसकेपछि पनि साझा कार्यक्रममा कहिँ कतै एमसीसीको चर्चा नगरिएको प्रचण्डले बताए । तर अहिले एमसीसी जसरी पनि पास गर्नुपर्छ भनेर विषय पेचिलो भएर आएको बताउँदै प्रचण्डले आफू समस्या समाधान गर्न लागि परेको बताए । संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षाको लागि कसम खाएर बनेको गठबन्धन सजिलै नटुटोस् भन्ने आफूले चाहेको बताए ।

संविधान, गणतन्त्र, संघीयताको रक्षा अथवा अधिकारको रक्षा कहिंकतै दुर्घटना हुन नपाओस् भनेर गठबन्धनका नेताहरु लागिरहेको समेत दाबी गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal