आज :

एमसीसीमाथि छलफल गर्न आज प्रतिनिधिसभा बैठक बस्दै, एमाले एमसीसीको पक्षमा उभिने

काठमाडौं । अमेरिकाको विवादित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) माथि छलफल गर्न आज प्रतिनिधिसभा बैठक बस्दैछ । विहीबारको बैठक सरकारको आग्रहमा आज दिउँसो १ बजेसम्मको लागि स्थगित गरिएको थियो ।

बिहीबार कार्य व्यवस्थाप परामर्श समितिले एमसीसीलाई कार्यसूचीमा राखेपनि अन्तिममा आएर संसद बैठक बस्न सकेन । सरकारले सहमतिको लागि भन्दै एक दिन मागेको थियो । तर, एमसीसी सामान्य छलफलकै क्रममा फेल हुने निश्चित भएपछि सरकारले संसद बैठक नै स्थगित गरिदियो ।

साँझ नेकपा एमालेका नेताहरुसँगको भेटमा नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा माओवादीले थापेको एम्बुसबाट एमसीसी जोगाएको बताएको बताइएको छ । काँग्रेसले एमालेसँग एमसीसी पास गरौं बाँकी कुरा मिलेर जाउँ भन्ने प्रस्ताव राखेको थियो ।

स्रोतहरुका अनुसार काँग्रेस र एमालेले एमसीसीको हकमा समान धारणा बनाइसकेका छन् । तर, एमालेका मागहरु कसरी सम्बोधन गर्नेबारे छलफल भइरहहेको छ । आज सामान्य छलफलको लागि गरिने प्रस्तावमा एमसीसीको पक्षमा एमाले सांसदहरु उभिने सहमति भएको बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्षसहितका नेताहरुसँगको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी राष्ट्रघाती भएको भए आफूले अगाडि नबढाउने भन्दै पक्षमा उभिने संकेत गरेका थिए ।

सैद्धान्तिक छलफलपछि दफाबार छलफलको लागि पेश गर्दा मत विभाजन गर्ने डरले काँग्रेसले हिजेको बैठक सार्न आग्रह गरेको थियो भने आज एमालेसँग सहयोग मागेको छ । एमालेले पक्षमा उभिने सहमति नदिएसम्म आजको बैठक पनि स्थगित हुने सम्भावना रहेको छ ।

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने निर्णय यसअघि नै गरिसकेका थिए भने जनता समाजवादीको बैठक बस्दैछ । एमसीसीमा एकमत नभएका कारण सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने भएको छ । सुरुदेखि नै एमसीसीको पक्षमा लविङ गर्दै आइरहेको नेता बाबुराम भट्टराईले संसदीय दलमा बहुमत पुर्याएका कारण अध्यक्ष उपेन्द्र यादव अप्ठ्यारोमा परेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal