आज :

काँग्रेस र एमालेको बालुवाटार बैठक निष्कर्षविहीन, भोलि विहान पुनः बस्ने

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुको बालुवाटार बैठक निष्कर्षविहीन बनेको छ । विहीबार साँझ सत्ता गठबन्धन र एमसीसीका विषयमा निर्णय गर्न दुबै दलका शिर्ष नेताहरु बालुवाटारमा बैठकमा जुटेका थिए । यही छलफलबाटै काँग्रेस र एमालेबीच सत्ता गठबन्धनको निर्णय हुने अनुमान गरिएको थियो ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउन एमालेसँग सहयोग मागे । उनले एमालेले उठाउँदै आएका कुरा प्रक्रियागत रुपमा छलफल गर्न आफू तयार भएको तर एमसीसी टेबल भइसकेकोले संसद खोली विक्षमा उभिन आग्रह गरेका थिए । जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको पक्षमा उभिन आफ्नो पार्टीलाई कुनै समस्या नभएको तर आफूहरुले उठाउँदै आएका कुराको सम्बोधन हुनुपर्ने बताए ।

एक नेताका अनुसार छलफलमा ओलीले माधव कुमार नेपलासहित १४ सांसदलाई कारवाहीको सूचना टाँस्नुपर्ने नभए सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने माग राखेका थिए । त्यस्तै, ओलीले आफूले गुमाएका सबै प्रदेश सरकार फिर्ता गर्नुपर्ने बताउनुको साथै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोग फिर्ता लिनुपर्ने लगायका माग राखेका थिए । एमालेका सबै मागप्रति आफू सकारात्मक भएको भन्दै देउवाले त्यसबारे छलफल गरेर अगाडि बढ्न सकिने बताएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री देउवाले संविधान निर्माणमा भएको सहकार्यजस्तै काँग्रेस र एमालेको सहकार्य हुनुपर्नेमा जोड दिएका थिए । यसमा एमालेका नेताहरु सकारात्मक भएको बताइएको छ । आजको छलफल सकारात्मक भएको र भोलि विहान पुनः बसेर अगाडि बढ्ने सहमति भएको बताइएको छ । बालुवाटारको आजको बैठक सकारात्मक भएपनि कुनै निष्कर्ष ननिकाली नेताहरु छुटिएका छन् ।

थप छलफलको लागि एमाले नेताहरु बालुवाटाबाट बालकोट पुगेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal