आज :

पाँच दलीय गठबन्धन टुट्यो, काँग्रेस र एमाले मिलेर एमसीसी पास गर्ने !

काठमाडौँ । विवादित एमसीसीलाई लिएर पाँच दलीय सत्ता गठबन्धन टुट्ने भएको छ । नेकपा (माओवादी केन्द्र) एमसीसी कुनै पनि हालतमा पास गर्न तयार नभएपछि काँग्रेसले गठबन्धन तोड्ने निष्कर्षमा पुगेको हो ।

संसद भवनमै काँग्रेस र नेपाल एमालेका शिर्ष नेता र प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको वान टु वान बार्तापछि काँग्रेस नेताहरुले गठबन्धन टुटेको सार्वजनिक रुपमै बताएका छन् । काँग्रेस महामन्त्री गगन थापाले

गठबन्धन धरापमा परेको बताए । उनले अब सत्ता गठबन्धन अगाडि बढ्न नसक्ने बताए । थापाले गठबन्धनबाट एमसिसी पार नलाग्ने भएपछि आफूहरुले गठबन्धनको विकल्प खोजेको बताए ।

एमालेले राखेका मागमा काँगू्रेस तयार भएको बताइएको छ । देउवा र ओलीबीच साँझ फेरि बैठक बसेर ठोस गर्ने नेताहरुले बताएका छन् ।
देउवा र ओलीबीचको छलफलपछि अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुबीच छलफल भइरहेको छ । प्रचण्डसहितका नेताहरु ओलीको कार्यकक्षमै पुगेका थिए । एमसीसीबारे एमालेले अहिले औपचारिक निर्णय गरिसकेको छैन ।

आजको छलफलले एमालेले आजै एमसीसीबारे औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीकै कारण सत्तादेखि सडकसम्म विभाजन छ । एमालेसँग भएको सहमति अनुसार काँग्रेस नेताहरुले सभामुखलाई भेटेका छन् । एमालेले सभामुखले राजिनामा दिनुपर्ने नभए महाअभियोग लगाएर हटाउनु पर्ने माग राख्दै आएको छ । त्यसमा काँग्रेस सहमत भएकोले एमाले एमसीसीमा सघाउन तयार भएको बताइएको छ ।

माओवादी नेताहरुले बरु गठबन्धन तोड्न तयार तर एमसीसीको पक्षमा मतदान नगर्ने बताइरहेका छन् भने काँग्रेस नेताहरु एमसीसीलाई पास नगर्ने भए सँगै बस्न सकिँदैन । ओलीको संसद विघटन गर्ने कदमविरुद्ध एक ठाउँमा उभिएका पाँच दल अब अगाडि बढ्न नसक्ने अवस्थामा पुगेको बताइएको छ ।

दिनभरएमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन भएको थियो । प्रहरीले गो ली प्रहार गर्दा एक जनाको अवस्था गम्भीर भएको छ । उनको टाउकोमा गो ली लागेको छ । वानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार हुन नसकेपछि ट्रामा सेन्टरमा रिफर गरिएको छ ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, वाइसिएलका कार्यकर्ताले विरोध प्रदर्शन गरिररहेका थिए । त्यस्तै विप्लव नेतृत्वको नेकपासहित ६ पार्टी २ मोर्चाको संयुक्त विरोध प्रदर्शन पनि दिनभर जारी रह्यो । प्रहरीले दुई दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal