आज :

सैद्धान्तिक छलफलमै एमसीसी अल्पमतमा पर्ने भएपछि संसद बैठक स्थगित, एमाले-काँग्रेस वार्ता जारी

काठमाडौँ । प्रतिनिधिसभा बैठक आजको लागि स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे बस्नेगरी संसद बैठक स्थगित भएको हो । आजको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूचीमा राखिएको छ ।

संसद सचिवालयका अनुसार सरकारको आग्रहमा आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सत्तारुढ दलका शिर्ष नेताहरुको एक पक्षीय र बहुपक्षीय बैठक बसिरहेको छ । विहान नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शिर्ष नेताहरुको बैठक भएको थियो ।

तीन पार्टीको बैठक सकेर प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका थिए । प्रचण्डले तीन पार्टीका नेताहरुबीच भएको छलफलबारे जानकारी गराएका थिए । स्रोतका अनुसार बाबुराम गुटबाहेक तीनै पार्टीका नेताहरु एमसीसीको विपक्षमा उभिन सहमत भएका थिए । एमसीसीलाई समितिमा लिएर छलफल गराउन प्रधानमन्त्रीसँग आग्रह गर्नेमा पनि सहमति भएको बताइएको छ ।

सोही कुरा प्रचण्डले देउवालाई जानकारी गराएका थिए । देउवाले एमसीसी पास गर्न सहयोग गर्न आग्रह गरेका थिए । फागुन १६ गते पहिलै एमसीसी पास गर्नुपर्ने देउवाले बताइएको बताइएको छ ।

तीनै पार्टी विपक्षमा उभिए सैद्धान्तिक सहमतिमै एमसीसी फेल हुने देखिएकोले प्रधानमन्त्री थप गृहकार्य र सहमतिको प्रयासमा लागरिहेका छन् । तयारी नपुगेपछि सरकारले संसद बैठक स्थगित गरिदिन सभामुखसँग आग्रह गरेको छ । सोही आग्रहमा बैठक स्थगित भएको बताइएको छ । सामान्य छलफलपछि एमसीसी अल्पमतमा पर्ने देखेपछि सरकारले आजको बैठक स्थगित गरेको हुन सक्ने नेताहरुले बताएका छन् ।

संसदमा नाराबाजी जारी राखेको प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग भएको वार्तामा दिउँसोसम्म पनि कुनै सहमति हुन सकेको छैन । एमालेले आफ्ना मागहरु पूरा नभए आफूले एमसीसीमा सरकारलाई सहयोग गर्न नसक्ने बताउँदै आएको छ । उसले माधव कुमार नेपालसहितका एकीकृत समाजवादीका १४ सांसदलाई कारवाही वा सभामुखविरुद्ध महाअभियोग लगाउन काँग्रेस तयार नभएसम्म सहयोग गर्न नसक्ने एमालेले बताउँदै आएको छ ।

शिर्ष नेताहरुले एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि एमसीसी सामान्य छलफलमै अल्पमतमा पर्ने निश्चित भएपछि सरकारले संसद बैठक आग्रह गरेको माओवादी केन्द्रका एक नेताले बताए । उनका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी पास गरौं, गठबन्धन चुनावसम्म जाऔं भन्ने प्रस्ताव राखेको तर प्रचण्डले अस्वीकार गरेका थिए ।

सरकारले आइतबार एमसीसी संसदमा टेबल गरेको छ । आजबाट छलफल गर्ने कार्यसूची थियो । सामान्य छलफलबाट बहुमतिले पास गरेपछि दफाबार छलफल गर्ने संसद सचिवालयको तयारी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal