आज :

आजबाट संसदमा एमसीसीमाथि छलफल हुँदै, संसद भवन बाहिर प्रदर्शन

काठमाडौं । विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) माथि आजबाट संसदमा छलफल सुरु हुँदैछ । सरकारले एमसीसी संसदमा टेबल गरेलगत्तै स्थगित भएको प्रतिनिध सभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजेबाट सुरु हुने बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची सार्वजनिक संसद सचिवालयले सार्वजनिक गरिसकेको छ । आज एमसीसीमाथि सामान्य छलफल हुनेछ ।

सरकारले गत आइतबार एमसीसी संसदमा टेबल गरेको थियो । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले एमसीसी संसदमा पेश गर्न अस्वीकार गरेपछि कार्कीले पेश गरेका थिए । आजको कार्यसूचीअनुसार पनि अर्थमन्त्री प्रभाकरले एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव नगर्ने बताइएको छ ।

आज सामान्य छलफल हुनेछ भने दफाबार छलफलको लागि बहुमतले पास गर्नुपर्नेछ । आजै सामान्य छलफल सकिन्छ वा छलफल जारी रहन्छ भन्ने टुंगो लागेको छैन । तर, सबै पार्टीहरुले आआफ्नो रणनीति तय गरेका छन् ।

सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेले आफ्ना सांसदहहरुलाई अनिवार्य उपस्थितिको लागि ह्वीप जारी गरिसकेको छ भने अन्य पार्टीले ह्वीप नै जारी नगरेपनि आफ्नो सांसदहरुलाई उपस्थित हुन निर्देशन दिइसकेको छ ।

एमसीसीबारे औपचारिक निर्णय नगरेको लोकतान्त्रिक समाजवादी पार्टीले पनि बुधाबर नै एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले यसअघि नै एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेका छन् ।

सरकारमा सहभागी अर्को दल जनता समाजवादी पार्टीले आन्तरिक विवादका कारण औपचारिक निर्णय गर्न सकेको छैन । संसदीय दलमा बाबुराम भट्टराई पक्षको बहुमत भएको र भट्टराई एमसीसीको पक्षमा उभिँदै आएका कारण जसपाले कुनै निर्णय गर्न सकेको छैन । एमसीसीमा एक हुनेमा काँग्रेस र लोसपा मात्रै हुन् ।

एमसीसीबारे कुनै निर्णय नगरेर संसदमा नाराबाजी गरिरहेको नेकपा एमालेभित्र पनि एमसीसी विरोधी मत बढ्दै जान थालेको छ । अध्यक्ष केपी शर्मा ओलीले एमसीसीलाई सरकारसँग सौदाबाजी गरिुरहेका छन् भने प्रमुख सचेतक विशाल भट्टराईलगायतका सांसदहरु एमसीसीको विपक्षमा उभिनुपर्नेमा जोड दिइरहेका छन् ।

एमसीसीको भविश्य एमालेको हातमा पुगेको छ । एमाले जारी नाराबाजी गरिरह्यो भने एमसीसी सामान्य छलफलबाटै नभए मत विभाजनमा फेल हुनेछ । तर, एमालेले सरकारलाई साथ दिए ध्वनी मतबाटै पनि पास हुन सक्छ । काँग्रेस सभामुखलाई महाअभियोग लगाउन तयार भएमा एमालेले एमसीसी पास गर्न सहयोग गर्ने बताइएको छ । तर, एमालेको लागि महंगो हुने नेताहरुनै बताउँछन् ।

यसैबीच एमसीसीविरुद्धको प्रदर्शन आज पनि जारी रहनेछ । विहानबाटै काठमाडौमा सुरक्षाकर्मी व्यापक परिचालन गरिएका छन् । वानेश्वर र संसद भवनको चारैतिर विशेष सुरक्षा सतर्कता बढाइएको छ । संसद भवनको चारैतिर काँडेतारले घेरिएको छ ।

माओवादी केन्द्रका भातृ संगठन, नेकपा क्रान्तिकारी माओवादीसहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चा, राप्रपा र स्वतन्त्र नागरिक समूहले पनि विरोध प्रदर्शनको तयारी गरिरहेका छन् । त्यस्तै, आजै पूर्व सुरक्षाकर्मी परिषदले पनि विरोध प्रदर्शन गर्ने भएको छ । उसले एमसीसी खारेजीको लागि कोटेवश्वर हुँदै वानेश्वरसम्म र्याली निकाल्ने तयारी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal