काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विवादित अमेरिकी परियोजना एमसीसीको पक्षमा मतादन गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले सरकारले संसदमा टेबुल गरेको एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको लोसपा संसदीय दलको बैठकले निर्णय गरेको छ । प्रतिनिधिसभामा १३ सिट रहेको लोसपाले अहिलेसम्म औपचारिक निर्णय गरेको थिएन ।
लोसपाले बिहीबार बस्ने संसद् बैठकमा सबै सांसदहरुलाई उपस्थित हुन निर्देशन पनि गरेको छ । भोलिकै बैठकमै एमसीसीका लागि निर्णायक हुन सक्ने भन्दै लोसपाले पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भन्ने अन्य दलले निर्णय लिन बाँकी छ ।