आज :

एमसीसी पास गराउन काँग्रेसको सक्रियताः प्रचण्ड र ओलीसँग गृहमन्त्रीको भेट, सांसदलाई यस्तो निर्देशन

काठमाडौँ । विवादित अमेरिकी परियोजना एमसीसीलाई पास गराउन नेपाली काँग्रेसले सक्रियता देखाएको छ । नेपाली काँग्रेसका नेताहरु अन्य पार्टीका नेताहरुसँग छलफल बाक्लो बनाएका छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरेका थिए । ओलीलाई भेट्न बालुवाटारमै बोलाएर भेटेका थिए ।

बुधबार गृहमन्त्री बालकृष्ण खाँणले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डला र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । खाँणले प्रचण्ड र ओलीसँग एमसीसी पास गर्नेबारे छलफल गरेको बताइएको छ ।

खाँणसँगको भेटमा प्रचण्डले आफ्नो पार्टीले निर्णय गरिसकेको जानकारी गराउँदै आफूले समर्थन गर्न नसक्ने बताए । भेटमा ओलीले एमालेले उठाउँदै आएको कुरालाई सम्बोधन गरे एमसीसीमा साथ दिने बताएको बताइएको छ ।

एमालेले माधव कुमार नेपालसहितका सांसदहरुलाई कारवाही गर्नुपर्ने नभए सभामुख अग्नीप्रसाद सापकोटाले राजिनामा दिनुपर्ने माग गर्दै आएको छ । एमसीसीबारे औपचारिक निर्णय नगरेको एमालेले कता निर्णय छ भन्ने साबैको चाँसो बनेको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेका छन् भने जनता समाजवादीले अनिर्णयको बन्दी भइरहेको छ ।

यसैबीच नेपाली काँग्रेसले एमसीसी छलफलमा आफ्ना सबै सांसदहरुलाई अनिवार्य छलफल हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal