आज :

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा छिरे, एमसीसीबारे छलफल

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार छिरेका छन् । यो गठबन्धन रहेसम्म बालुवाटार नछिर्ने बताउँदै आएका ओली मंगलबार साँझ बालुवाटार छिरेका हुन् ।

बालुवाटार स्रोतका अनुसार अहिले देउवा र ओलीबीच छलफल चलिरहेको छ । छलफलको मुख्य विषय विवादित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र सत्ता गठबन्धन रहेको बताइएको छ ।

सत्तारुढ पार्टीकै असहमतिमै सरकारले एमसीसी संसदमा टेबल गरेको छ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने निर्णय गरेपछि देउवाले ओलीसँगको संवाद बढाएका हुन् ।

ओलीले सरकारलाई सहयोग नगर्ने बताएपनि आफैले संसदमा दर्ता गराएको एमसीसीको विपक्षमा नजान उनी दवावमा छन् । एमालेले संसद अबरुद्ध गरिरहेकै बेला केही नेताहरुले एमसीसीको पक्षमा बोल्न थालेपछि ओली दवावमा परेका छन् । एमसीसीबारे एमालेले धारणा बनाउन सकेको छैन । ओलीले प्रचण्ड र माधव कुमार नेपालले साथ दिएसम्म आफूले सरकारलाई एमसीसीमा सहयोग गर्न नसकिने बताउँदै आएका थिए । तर, आज छलफल गर्न बालुवाटार छिरेका छन् ।

काँग्रेस र माओवादी नेताहरुले एमसीसीबारे आआफ्नो धारणा राख्न पाउने गरी एमसीसी संसदमा टेबल गर्न सहमति जुटाएका थिए । माओवादी केन्द्रले संसदमा बोल्दै आफ्नो सहमति नभएको बताउँदै विपक्षमा मतदान गर्ने बताइस्केको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal