आज :

आईसीसी टी-२० विश्व कपको फाइलनको लागि नेपालले यूएईसँग खेल्दै, राष्ट्रपतिले दिइन् जितको शुभकामना

काठमाडौं । आईसीसी टी–२० विश्व कपको फाइनल खेलको लागि आज नेपाली यूएईसँग खेल्दैछ । सोमबार क्यानाडालाई हराउँदै नेपाली टोली ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको थियो ।

नेपाली टोलीले आज यूएईलाई हराउन सकेमा आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको अन्तिम खेलमा हिजो क्यानडालाई ८ विकेटले हराउँदै समूह विजेता बनेको थियो ।

क्यानडालाई ८ विकेटले पराजित गर्न उत्कृष्ट बलिङ गरेका नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक प्लेयर अफ दि म्याच चुनिए । नेपाल समूह ‘बी’ मा ३ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रह्यो । यूएई तीन खेलमा दुईमा जित र एकमा हारसहित ४ अङ्कका साथ नेटरनरेटमा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । अर्को सेमिफाइनलमा आज ओमान र आयरल्यान्ड पनि खेल्दैछन् । दुवै सेमिफाइनलका खेल आज दिउँसो पौने चार बजे ओमानमा हुनेछ। फाइनलमा पुग्ने दुवै टोलीले विश्व कप खेल्न पाउनेछन् ।

फाइनल खेल आउँदो बिहीवार हुनेछ । चार देश सम्मिलित टी–२० श्रृङ्खलामा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आईसीसी टी–२० विश्व कप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकोमा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएकी छन् ।

सोमबार नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेपछि साँझ भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई बधाई दिएकी हुन् । साथै, यूएईसँग हुन खेलमा जितको लागि अग्रिम शुभकामना समेत राष्ट्रपतिले दिएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal