आज :

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा मतादन गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले संचारकर्मीलाई जानकारी दिँदै आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने र अन्य पार्टीलाई पनि विपक्षमा उभिने वातावरण बनाउन समेत लाग्ने बताए । “हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । अन्य पार्टीहरुलाई पनि विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्नेछ” खतिवडाले भने ।

त्यसैगरी प्रवक्ता खतिवडाले सरकारमा जाने र एमसीसीको विरोधसँग कुनै कुरा जोड्न नहुने पनि बताए । उनले सरकारमा बस्ने र बाहिरिने कुरा समयले निर्धारण गर्ने समेत बताए ।

यसअघि एकीकृत समाजवादीले एमसीसी टेबल गर्न सहमति दिने निर्णय गरेको थियो । एमसीसीको विपक्षमा उभिने नेताहरुले बताएपनि एकीकृत समाजवादीले औपचारिक निर्णय भने गरेको थिएन । अब सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले मात्रै औपचारिक निर्णय गर्न बाँकी छ । राष्ट्रिय जनमोर्चाले पनि एमसीसीको विपक्षमा मतदान गर्ने बताइसकेको छ । सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेसले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

सरकारले पेश गरेको प्रस्तावको बिपक्षमा पनि मतदान गर्ने गरेका तीनै पार्टीले अहिलेसम्म गठबन्धन नतोड्ने बताइरहेका छन् । एमसीसी संसदीय प्रक्रियामा प्रवेश गरिसकेकोले त्यसको छिनोफोन संसदबाटै गर्ने तर सत्ता गठबन्धन नतोड्ने बताएका छन् ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर नेपाली काँग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धन छोड्नेबारे केही सोचेको छ कि छैन सोधेका छन् । जवाफमा प्रचण्डले एमसीसी संसदीय प्रक्रियामा टुंगो लाग्ने तर गठबन्धन नटुट्ने बताएका छन् ।

सरकारले आइतबार संसदभित्र नाराबाजीबीच एमसीसी टेबल गरेको थियो। संचारमन्त्री ज्ञानेनद्र कार्कीले एमसीसी पेश गर्दैगर्दा सत्तारुढ दलकै सा‌ंसदहरुले विरोध जनाइरहेका थिए भने वानेश्वरमा विरोध प्रदर्शन भइरहेको थियो ।

प्रमुख प्रतिपक्ष नेकपा एमाल एमसीसीबारे अनिर्णयको बन्दी भइरहेको छ । एमालेका केही सांसदहरुले एमसीसीको पक्षमा बोलिरहेका छन् भने केही सांसदहरुले पक्षमा मतदान गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal