आज :

एमसीसी विरोधी आन्दोनलमा घाइते अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्‍चा सिंहको स्वास्थ्य सुधार

काठमाडौँ । विवादित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्धको विरोध प्रदर्शनको क्रममा अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह घाइते भएकी छन् । सरकारले आइतबार एमसीसी संसदमा टेबल लागेपछि अखिल क्रान्तिकारीले विरोध गर्दै नयाँबानेश्वरमा प्रदर्शनको क्रममा प्रहरीले सिंहमाथि लाठी चार्ज गरेको थियो ।

प्रहरीकाे लाठीबाट खुट्टा, टाउको र मुखमा गम्भीर चोट लागेको थियो । उपचारपछि स्वास्थ्य अवस्था सुधार हुँदै भइरहेको छ ।

सरकारले एमसीसी संसदमा टेबल गर्न थालेपछि आइतबार अखिल क्रान्तिकारीले नयाँबानेश्वरमा विरोध प्रदर्शन गरेको थियो । एमसीसीको विरोधामा अखिल क्रान्तिकारी र वाइसिएलले संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् । प्रहरीले द’मन गर्दा अखिल क्रान्तिकारी र वाइसिएलका गरी दुई दर्जन नेताहरु घाइते भएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आइतबार पनि नाराबाजी र सत्तापक्षकै सांसदहरुको विरोधबीच सरकारले जबरजस्ती एमसीसी संसदमा पेश गरेको छ । एमसीसी संसदमा पेश गर्दैगर्दा बाहिर आन्दोलन झन् चर्किएको थियो । संसदभित्रै र सडकमा विरोधबीच सरकारले एमसीसी पेश गर्यो ।

आ क्रोसित आन्दोलनकारीले निषे धित क्षेत्र तोडेका थिए । प्रहरीले आइतबा प्रदर्शनकारीमाथि व्यापक द मन गर्यो । ६० जनालाई प’क्राउ गरेको थियो भने ३ दर्जनभन्दा धेरै घाइते भएका थिए ।  विप्लव नेकपासहित ६ दलीय मोर्चाका नेता कार्यकर्ता पनि वानेश्वरमा विरोध प्रदर्शनमा थिए । हिजोको प्रदर्शनमा एकीकृत समाजवादी र राप्रपा पनि नेता कार्यकर्ता विरोधमा उत्रिएका थिए ।

सत्ता गठबन्धनमै सहमति नहुँदा पनि सरकारले एमसीसी टेबल गरेको छ । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एमसीसीलाई कार्यसूचीमा राखेको भन्दै संसद बैठकमा आपत्ति जनाएका थिए । सरकारले एमसीसी संसद पेश गर्दा माओवादीका सांसदहरुले विरोध जनाइारहेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १२ गते बोलाइएको छ । अर्को बैठकमा सभामुखले एमसीसीमाथि छलफलको प्रक्रिया अगाडि बढाउनेछन् । एमसीसी संसदमा पेश भएपनि पास हुने नहुने भन्ने अझै संकेत देखिएको छैन । प्रमुख प्रतिपक्ष नेकपा एमालेको भूमिकामा एमसीसीको भविश्य जोडिएको छ । एमालेले अवरोध जारी राख्ने र नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी, जसपाले विपक्षमा मतदान गरे एमसीसी अस्वीकृत हुन्छ भने एमालेले सरकारलाई साथ दिए पास हुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal