आज :

एमसीसी संसदमा पेश गर्ने तयारी, ‘नो एमसीसी’ लेखिएका शंकास्पद बस्तु भेटिन थाले

काठमाडौँ । विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई प्रतिनिधिसभा बैठकमा पेश गर्ने तयारी भइरहँदा विभिन्न ठाउँमा शंकास्पद बस्तु भेटिन थालेका छन् । दुईअघि काठमाडौँमा ढुंगेअड्डामा प्रेसर कुकुरमा खतरा लेखिएको थियो ।

यसैबीच दाङको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमहीको सडक छेउमा प्रेसर कुकर ब म फेला परेको छ । प्रहरीका अनुसार लमही नगरपालिका वडा नम्बर–७ स्थित पदमिनी खोलाको २०० मिटरको दक्षिणतर्फ सडक छेउमा तार जोडेर राखिएको अवस्थामा प्रेसर कुकर बम फेला परेको हो । मध्यरात फेला परेको उक्त ब ममा ‘नो एमसीसी’ लेखिएको छ । अहिले त्यसलाई डिस्पोज गरिएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्ने प्रतिनिधिसभा बैठकमा जसरी भएपनि एमसीसी पेश गर्ने तयारी भइरहँदा सडकमा विरोधका प्रदर्शनहरु सुरु भएका छन् । सत्तारुढ पार्टीसहित विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताले नयाँवानेश्वर लगायतका क्षेत्रमा विरोध प्रदर्शन सुरु गरेका छन् । उनीहरुले एमसीसीविरुद्ध चर्का नाराबाजी सुरु गरेका छन् ।

सत्ता गठबन्धन दलहरुबीच एमसीसीबारे सहमति हुन सकेको छैन । सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेसले एमसीसी संसदबाट पास गर्ने निर्णय गरिसकेको छ भने गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले एमसीसी पास नगर्ने निर्णय गरेको छ ।

त्यस्तै, अर्को दल नेकपा एकीकृत समाजवादीको शनिबार बसेको स्थायी समिति बैठकले यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताएको छ । तर, सार्वभौम संसदमा लिएर बहस गर्न सकिने बताएको छ । एकीकृत समाजवादीको नेताहरुको फरक फरक धारणा आइरहेको बेला महासचिव बेदुराम भुसालले विज्ञप्ति जारी गरेर एमसीसी संशोधन विना पास गर्न नसकिने तर संसदमा छलफल गर्न सकिने बताएका छन् ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरिरहेको छ । आजको बैठक पनि अवरुद्ध गर्ने एमालेको तयारी छ । सरकारले एमालेको अवरोधबीच एमसीसी सदन टेबल गर्ने तयारी गरेको छ । प्रधानमन्त्री देउवाले एमालेको अवरोधबीच एमसीसी पास गर्न गठबन्धनका अन्य नेताहरुसँग सहयोग मगिररहेका छन् ।

यो समाचार तयार पार्दासम्म माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले एमसीसी पास गर्न नसकिने अडान कायमै राखेका छन् भने जनता समाजवादी पार्टीले भने कुनै निर्णय गर्न सकेको छैन । जसपाका दुई अध्यक्ष दुईतिर फर्केका कारण निर्णय हुन सकेको छैन । बाबुराम भट्टराई एमसीसी हुबहु पास गर्ने पक्षमा छन् भने उपेन्द्र यादव संशोधनसहित पास गर्ने पक्षमा छन् ।

  • फाइल फोटो

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal