आज :

फेरि बढ्‍यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको अहिलेसम्मकै उच्च १४५ रुपैयाँ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले गए राति १२ बजेबाट लागु हुने गरी विरोध फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

नयाँ मूल्यसँगै पेट्रोलको अहिलेसम्मकै उच्च पुगेको छ । निगमले पेट्रोल र डिजेलको प्रतिलिटर ३ रुपैयाँ  बढको छ । अब पेट्रोलकाे नयाँ मूल्य १४५ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध भइरेको बेला अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु.५.६१ ले बढेको, डिजेल रु.५.६२ ले बढेको र हवाई इन्धन रू. ४.९५ ले बढेर आएको निगमले जनाएको छ । भारतीय इण्डियन आयल निगमले १६ फेब्रुअरीमा मूल्य बढाएर पठाएको थियो ।

मूल्य समायोजन नगर निगमलाई १५ दिनमा करीब रू. २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमले बताएको छ । मूल्यवृद्धिपछि पनि निगमलाई १५ दिनको जम्मा घाटा करिब रू. २ अर्व ४० करोडबाट करिब रू. २५ करोडले घटी अझै करीब रू. २ अर्ब १५ करोड घाटा यथावत नै रहने निगमले जनाएको छ ।

निगमका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा निगमले करीब रू. २४ अर्व घाटा भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal