आज :

संसदकाे अवराेध हटेपछि एकीकृत समाजवादीले एमसीसी संसदनमा पेश गर्न दिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभा बैठकमा पेश गर्न दिने निर्णय गरेको छ । शनिबार बसेको एकीकृत समाजवादीको स्थायी समिति बैठकले संसदकाे अवराेध खुलेपछि एमसीसी टेबल गर्न दिने निर्णय गरेकाे छ ।

अब संसदमा अवराेध हटेपछि एकीकृत समाजवादीले सरकारलाई संसदमा पेश गर्न सहयाेग गर्ने भएकाे छ । तर नेकपा एमालेले संसदका अबराेध हटाउने कुनै संकेत छैन ।

यसअघि संशोधन विना संसदमा पेश गर्नु नहुने बताउँदै आएको एकीकृत समाजवादी आफ्नो अडानमा यथावत रहँदै यथास्थितिमा एमसीसी पास गर्न नसकिने निर्णय गरेकाे छ । संसदकाे अवराेध खुलेपछि एमसीसी संसदमा पेश गरेर बहस गर्न सकिने निष्कर्ष निकालेकाे छ ।

सडकमा एकीकृत समाजवादीका कार्यकर्ताहरुले यथास्थितिमा एमसीसी संसदमा लग्न नहुने बताउँदै प्रदर्शन गरिरहेका छन् । तर, पार्टीले संसदमा पेश गर्न दिने निर्णय गरेसँगै सडकमा ओर्लेका कार्यकर्ता अब के गर्छन् भन्ने सबैको चाँसो बनेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal