आज :

आज प्रजातन्त्र दिवसः सिमित कार्यक्रम गरी मनाइँदै, राष्ट्रपतिले दिइन् ५१३ जनालाई आममाफी

काठमाडौं । आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । एक सय चार वर्षीय राणा शानसको अन्त्य गरी २००७ सालको फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको भएको घोषणा गरेको दिनलाई सम्झिँदै दिवसकै रुपमा मनाइन्छ ।

राणा शासनविरुद्ध जनताको आन्दोलन संगठित हुँदै जाँदा सुरुमा प्रजा परिषद्, नेपाली कांग्रेस र कम्युनिष्टहरु एक भए । त्यतिबेला नेपालमा भरखर स्थापना भएको थियाे । कम्युनिस्टहरुले पनि आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका थिए । तर नेपाली काँग्रेसले सेना बनाएरै आन्दोलनको नेतृत्व गर्यो ।

आन्दोलन देशभर पुगेपछि राणा प्रधानमन्त्री मोहनशमशेरको आग्रहमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, नेपाली कांग्रेस र राजा त्रिभुवनबीच २००७ साल फागुन १ गते त्रिपक्षीय दिल्ली सम्झौता गरियो ।

जनताले आमुल परिवर्तन खोजेर आन्दोलन गरेपनि यो त्रिपक्षीय सम्झौताले फेरि राजतन्त्रलाई राजकाजको मुख्य भूमिकामा ल्यायो । भारत पुगेका राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र फागुन ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरे। योसँगै नेपालमा १०४ वर्षपछि राणाहरुको हातबाट शासन सत्ता खोसियो ।

प्रजातन्त्रको घोषणा भएपछि राणा र कांग्रेस दुवै पक्षको सहभागितामा नयाँ मन्त्रिपरिषद्को घोषणा भयो। र, नेपालको अन्तरिम शासन विधान २००७ पनि जारी गरियो। नेपालको इतिहासमा यो नै विधिको शासनको पहिलो अभ्यास मानिन्छ ।

त्रिपक्षीय दिल्ली सम्झौताकै कारण राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित सरकारलाई बर्खास्त गरी पञ्चायती व्यवस्थाका नाउँमा सक्रिय राजतन्त्रत्मक व्यवस्थाको स्थापना गरे। यो ३० वर्षसम्म चल्यो । नेपाल २०४६, जनयुद्ध-जनआन्दोलन हुँदै गणतन्त्रसम्म आइपुगेको छ ।

व्यवस्था फेरिएपनि नागरिकको जीवन फेरिएको छैन । न सहिदको साँचो अर्थमा सम्मान हुन सकेको छ ।

नेपालमा सरकारी स्तरबाटै हरेक दिन फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँन्छ । यसअघि ठूला कार्यक्रम गरी मनाइन्थ्यो । यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम भएकोले सामान्य औपचारिक कार्यक्रम गरी मनाइने भएको छ ।

भिडभाड नहुने गरी सरकरले कार्यक्रम आयोजना गरेको छ । सैनिक मंचमा विशेष समारोहको आयोजना गरी मानाइन्थ्यो भने यस वर्ष सिमित उपस्थितिमा कार्यक्रम गरिँदैछ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ५१३ जनालाई आममाफीको घोषणा गरेकी छिन् । नेपालको संविधानको धारा २७६ बमोजिम उनले फुर्वा शेर्पासहित ५०१ जना केदीहरुको भुक्तान हुन बाँकी कैद मिनाहाको घोषणा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा थप १२ जनासमेतलाई आममाफी दिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal