आज :

एमसीसी आज पनि पेश नहुने, संसद भवन अगाडि माओवादी केन्द्रका भातृ संगठनको विरोध प्रदर्शन जारी

काठमाडौं । आज बस्ने प्रतिनिधिसभा बैठकमा पनि विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पनि पेश नहुने भएको छ । बिहान बसेको सत्ता गठबन्धन दलहरुबीच सहमति नजुटेपछि एमसीसी संसदमा पेश नहुने भएको हो । नेताहरु आआफ्नै अडानमा भएका कारण एमसीसी आजको बैठकमा पेश नगर्ने सहमत भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्ने बैठकमा पेश गर्ने तयारी गरेका थिए तर गठबन्धनको मुख्य दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले जबरजस्ती गरे आजै सरकार छोड्ने चेतावनी दोहोर्याएका थिए ।

बैठकमा सहभागी अन्य दलका नेताहरुले प्रधानमन्त्रीलाई आजको बैठकमा पेश नगर्न सुझाव दिएका थिए । नेताहरुको सुझावअनुसार देउवा आइतबारको बैठकसम्म एमसीसी टेबल नगरेर सहमतिको प्रयास गर्न सहमत भएका थिए ।

आज दिउँसो १ बस्ने भनिएको संसद बैठक सुरु भएको छैन । कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीलाई सूचीमा राखेको छैन । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी भएको थिएनन्, आज भने जसपाका नेता भने सहभागी भएका छन् ।

यसैबीच एमसीसीको विरोधमा वानेश्वारमा माओवादी केन्द्रका भातृ संगठनहरुको विरोध प्रदर्शन जारी छ । युवा संगठन वाइसिएल र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आयोजना गरेको विरोध कार्यक्रममा चर्का नाराबाजी भइरहेको छ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ र अनेरास्ववियुका कार्यकर्ता पनि विरोध प्रदर्शनमा छन् ।

त्यसैगरी विप्लव नेतृत्वको नेकपासहित ६ दलीय मोर्चाका विरोध कार्यक्रम जारी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal