आज :

एमाले एमसीसीको पक्षमा उभिए ४० सांसदहरुले विद्रोह गर्ने !

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सरकारले आजको बैठकमा विवादित अमेरिकी परियोजना एमसीसी टेबल गर्ने तयारी गरेको छ । त्यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार र विहीबार गठबन्धन दलहरुसँग पनि छलफल गरेका थिए । तर, गठबन्धनका अन्य दलहरुले त्यसमा सहमत जनाएनन् ।

पाँच दलीय गठबन्धनमा नेपाली काँग्रेसले मात्रै एमसीसी संसदमा पास गर्ने औपचारिक निर्णय गरेको छ भने जनता समाजवादीमा दुई धार छ । गठबन्धनकै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा नेपालले एमसीसी संसदमा पेश गर्न नहुने जबरजस्त गरे विपक्षमा मतदान गर्ने निर्णय नै गरिसकेका छन् ।

हिजोको बैठकमा नेताहरु आआफ्ना अडानमै रहेकाले सहमति हुन सकेन । गठबन्धनमा सहमति नजुटे प्रधानमन्त्री शेरबहादुर देउवा साँझ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे । ओलीले पनि स्पष्ट जवाफ उनदिएको बताइएको छ ।

यसैबीच एमालेले एमसीसी संसदबाट पास गर्ने निर्णय गरे विद्रोह गर्ने सांसदहरुले बताएका छन् । एमालेमा पनि एमसीसीबारे दुई धार देखिएको छ । अध्यक्ष ओली, प्रदिप ज्ञवालीलगायतका नेताहरु एमसीसीको पक्षमा छन् भने भीम रावल, घनश्याम भुसाललगायतका नेताहरु सुरुदेखि नै विपक्षमा छन् । एमालेमा एमसीसी विरोधीहरुको संख्या बढ्दैछ ।

संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, नेता शेरबहादुर तामाङलगायतका नेताहरु पनि एमसीसीको विपक्षमा उभिएका छन् । एमसीसी विरोधी नेताहरुले विहीबार गोप्य छलफल गरेका छन् । उनीहरुले एमसीसी राष्ट्रहितमा नभएको भन्दै विपक्षमा उभिन अध्यक्षसहित नेताहरुलाई दवाव दिने निष्कर्षमा निकालेका छन् ।

“एमसीसी देशको हितमा छैन भन्ने तत्कालिन (नेकपा) हुँदै हाम्रो निष्कर्ष हो, अहिले त झन अमेरिकी विदेशमन्त्रीको धम्कीले त्यो पुष्टि गरेको छ । हामी संसदमा एमसीसीको पक्षमा मतदान गर्न सक्दैनौं र राष्ट्रहित विपरित निर्णय हुँदा मौन बस्न पनि सकिँदैन । हामी विपक्षमा उभिन्छौं” एक सांसदले भने । उनले आफूहरुको संख्या विहीबारसम्म ३५ पुगेको र अझै छलफल भइरहेको जानकारी दिए । पहिलो शिर्ष नेताहरुलाई विपक्षमा उभिएर बिफल गर्ने दवाव दिने र नभए आफूहरुले विपक्षमा मतदान गर्ने, पार्टीले ह्वीप लगाएर विद्रोह गर्नेबारे पनि छलफल भएको ती सांसदले अनलाइन डबलीसँग बताए ।

अमेरिकी स्वार्थका साथ ल्याइएको एमसीसीकै कारण पार्टीमा यो अवस्था नआउनेमा उनीहरु आशावादी छन् । पार्टीले संसदमा एमसीसीको पक्षमा उभिए आफूहरुले विपक्षमा उभिने ती सांसदले भने । उनका अनुसार एमसीसीको पक्षमा उभिने सांसदहरुको संख्या ४० पुग्ने समेत दाबी गरे । उनले एमसीसीबारे स्वविवेक प्रयोग गर्न दिन नेताहरुसँग छलफल भइरहेको समेत बताए । त्यो भए एमसीसीको पक्षमा हुने सांसदहरुले नाराबाजी गर्ने र विपक्षमा हुने सांसदहरुले विपक्षमा मतदान गर्ने सक्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal