आज :

सहयोग माग्दै बालकोट पुगेका देउवा निरास भएर फर्किए, गठबन्धनको आज वारपार

काठमाडौँ । सत्ता गठबन्धन दलहरुबीच आज वार पार हुँदैछ । विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदमा पेश गर्ने विषयमा लिएर गठबन्धनको निर्णय र अन्तिम बैठक आज बिहान १० बस्दैछ । विहीबार बसेको बैठक विना निष्कर्ष सकिएको थियो ।

सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेस एमसीसी आज संसद बैठकमा जसरी पनि पेश गर्ने अडान र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले विपक्षमा उभिने अडानका कारण बैठक निष्कर्षविहीन बनेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी आज बस्ने प्रतिनिधि सभा बैठकमा आफूले पेश गर्ने निर्णय सुनाएका थिए भने माओवादी केन्द्रका अध्यक्षले आफूहरु त्यसको विपक्षमा मतदान गर्ने पहिलेकै निर्णय सुनाएका थिए । प्रचण्डले बरु गठबन्धन छोड्न तयार तर एमसीसी पास गर्न नसकिने बताएपछि सहमतिको लागि अन्तिम प्रयास गर्ने भन्दै नेताहरु उठेका थिए ।

हिजोको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका परिषद अध्यक्ष बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका महामन्त्री गगन थापा पनि सहभागी थिए । हिजै वारपार हुने अनुमान गरिएको भएपनि नेताहरुले गठबन्धन जोगाउनु पर्ने मत राखेका फेरि बस्नु गरी बैठक सकिएको थियो ।

आज संसद बैठक बस्ने भएकोले कुनै न कुनै निर्णयमा पुग्नुपर्ने नेताहरुलाई दवाव छ । हिजोको बैठकमा संसद बैठक एक हप्ताको लागि स्थगित गरेर सहमतिको प्रयास गर्नेबारे पनि नेताहरुबीच छलफल भएको थियो । तर, प्रधानमन्त्री देउवाले नमानेको नेताहरुले बताएका छन् ।

गठबन्धनमा कुनै सहमति नभएपछि प्रधानमन्त्री देउवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । पत्नी आरजु राणासहित साँझ देउवा बालकोट पुगेर एमसीसी पास गर्न ओलीसँग सहयोग मागेका थिए ।

स्रोतहरुका अनुसार ओलीले सहयोग गर्ने वा नगर्ने कुनै कुरा बताएनन् । पहिला गठबन्धनको धारणा आएपछि आफूले त्यसपछि कुनै निर्णय लिने बताए । तर, पहिला गठबन्धनको निर्णय आउनुपर्ने ओलीले जवाफ फर्काएको बताइएको छ ।

गठबन्धन तोडेर चुनावी गठबन्धन गर्न काँग्रेस तयार भए ओलीले साथ दिने अघिल्लो भेटमा बताएको समाचार सार्वजनिक भइसकेको थियो । यसपटक पनि ओलीले त्यही कुरा दोहोर्याएको बताइएको छ । स्रोतका अनुसार ओलीले स्पष्ट कुनै जवाफ नदिएपछि देउवा निरास भएर फर्र्किएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal