आज :

एमसीसी संसदमा फेल हुन पनि सक्छः देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको विवादित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट फेल हुन सक्ने बताएका छन् । देउवाले विहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै आफू एमसीसीलाई संसदबा पारित गराउन लागेको तर पास वा फेल जे पनि हुनसक्ने बताएका हुन् ।

“एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौं । त्यसमा लागिराखेको छु । फेल पनि हुनसक्छ” देउवाले भने । उनले एमसीसी राष्ट्रको हितमा भएको दाबी गर्दै एमसीसीको पक्षमा बोल्न काँग्रेसले डराउन नहुने समेत बताए ।

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसी राष्ट्रहितमा भएको दाबी गर्दै काँग्रेसले खुट्टा कमाउन नहुने बताए । उनले कांग्रेसले आफ्नो भूमिका निर्बाह गर्नुपर्ने बताए । काँग्रेसले सरकारमा बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने नगरेको बताए ।

तर, सामाजिक संजालमा थापाले प्रतिपक्षमा हुँदा एमसीसी संशोधन बिना संसदबाट पास गर्न नहुने भन्दै बोलेको कुरा भाइरल भएको छ । उक्त अन्तरवार्तामा थापाले यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताएका छन् । त्यतिबेला संशोधन विना पास गर्नु देशहितमा नभएको बताएका थापाले अहिले कहिलै दोहोरो कुरा नगरेको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal