
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारको मुख्य साँझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डबीच भएको भेटा विना निष्कर्षमा टुंगिएको छ । स्रोतका अनुसार विहीबार विहान प्रधानमन्त्री निवास भएको भेटवार्तामा प्रचण्डले एमसीसी संशोधनको लागि अमेरिकासँग वार्ता गर्ने, त्यसबारे चुनावपछि मात्रै छलफल गरौं प्रस्ताव राखेका थिए ।
प्रचण्डको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गर्दै अहिले नै एमसीसी सदन लिन साथ दिन आग्रह गरेका थिए । दुबै नेता आआफ्नो अडानमा रहेकोले ३ बोलाइएको गठबन्धनको बैठक ५ बजेलाई राखिएको छ । जबरजस्त संसदमा लिए आफ्नो पार्टीले सरकार छोड्ने निर्णय गरिसकेको भन्दै प्रचण्डले विपक्षमा मतदान गर्ने जानकारी गराएको बताइएको छ ।
बुधबार नै संसदमा पेश गर्ने प्रधानमन्त्रीको तयारी प्रचण्डले सरकार छोड्ने चेतावनी दिएकै कारण रोकिएको थियो । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको अर्को बैठकसम्म सहमतिको प्रयास गर्ने भन्दै पछि हटेका थिए । माओवादी केन्द्रका भातृ संगठनहरुलाई सडकमा उत्रिन निर्देशन दिइसकेको छ भने जबरजस्त गरे पार्टीले पनि संघर्षका कार्यक्रम सार्वजनिक गर्नेबारे छलफल भइरहेको छ ।
गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले पनि एमसीसी अहिलेकै अवस्थामा पास गर्न नसकिने बताउँदै आएको छ । उसले पनि हिजै भातृ संगठनहरुलाई सडक संघर्षमा उतारिसकेको छ ।
दुबै पार्टीले एमसीसी पास गर्न सहयोग नगरेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहयोग मागेका छन् । स्रोतका अनुसार देउवाले आफू निकटका नेताहरुलाई एमालेसँग वार्ता गर्न पठाएका थिए । गठबन्धन तोडे एमसीसी पास गर्न सहयोग गर्ने संकेत दिएको एमालेका दोस्रो नेताहरुबीच बुधबार साँझ वार्ता भएको बताइएको छ । स्रोतका अनुसार काँग्रेस र एमालेका दोस्रो तहका नेताहरु सहमतिपछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्माबीच वार्ता गराउनेबारे पनि छलफल भइरहेको छ ।
देउवा निकट नेपाली काँग्रेका एक नेताले अमेरिकाले सरकारमाथि नै प्रश्न उठाएकोले भोलिको बैठकमा जसरी भएपनि एमसीसी पेश गर्ने बताए । “आज बस्ने गठबन्धनको बैठकमा साझेदार दलहरु तयार भए राम्रै भो, भोलि सहमतिमै एमसीसी संसदमा पेश हुन्छ । नभएपनि अर्को विकल्पमा जान काँग्रेस तयार छ” ती नेताले भने । उनले अर्को विकल्प भनेको प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग मिलेर भएपनि पेश गर्ने बताए । अहिलेकै अवस्थामा एमालेले काँग्रेसलाई साथ नदिने बताइसकेको हुँदा यो गठबन्धन तोडेर एमालेसँगै चुनावमा जाने गरी छलफल भएको उनले बताए । एमालेले एमसीसी पास गर्न सहयोग गरे चुनावसम्मै गठबन्धन हुन सक्ने ती नेताको दाबी छ ।