
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने भएको छ । ईण्डियन आयल कर्पोरेशनले बुधबार नयाँ मूल्यसूची पठाएको छ । नयाँ मूल्यसूचीअनुसार विश्व बजारमा कच्चा तेलको मूल्य अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ ।
भारतले पठाएको नयाँ मूल्यसूची पछि नेपाल आयल निगमले विज्ञप्ति निकालेर सो को जानकारी गराएको छ । नयाँ मूल्यअनुसर प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले बढेर आएको छ ।
विश्व बजारमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगेको छ । ईण्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्ने बताइएको छ । मूल्य समायोजन नगरे आगामी १५ दिनमा करिब दुई अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमले जनाएकाे छ।
चालू आर्थिक वर्षको माघ मसान्त सम्ममा आयल निगमले करीब २४ अर्व नोक्सानी बेहोरी सकेको निगमले जनाएको छ । प्रति महिना निगमले ४ अर्ब भन्दा बढी ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमले जनाएको छ।
चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा निगमले करीब रू. २४ अर्व नोक्सानी बेहोरी सकेको निगमले बताएको छ । प्रति महिना निगमले रू. ४ अर्व भन्दा बढी ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको पनि बताएको छ ।
पछिल्लो समय नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरिकरण कोषबाट समेत रू. १ अर्व ८० करोड प्राप्त गरी निगमले ईण्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिद वापतको रकम भुक्तानी गरेको थियो ।
निगम उच्च स्रोतका अनुसार नयाँ मूल्यसूचीबारे सरकारलाई जानकारी गराइएको छ भने केही दिनमै मूल्य बढ्नेछ ।