आज :

प्रचण्डकाे चेतावनीपछि एमसीसी संसदमा पेश नहुने, सभामुखले कार्यसूचीमा राखेनन्

काठमाडौं । विवादित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आज संसदमा पेश नहुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नमानेपछि आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल नहुने भएको हो ।

जबरजस्त संसदमा पेश गरे आफू त्यसको विरुद्धमा उभिने र सरकारबाटै बाहिरिने प्रचण्डको चेतावनीपछि प्रधानमन्त्री शेरबहादुर देउवाल आज बस्ने बैठकमा एमसीसी पेश नगर्ने निर्णयमा पुगेका छ्न । सरकारले आज संसदमा पेश गर्ने निर्णय गरेपछि प्रचण्ड देउवालाई भेटेरै आफ्नो कुरा सुनाएका थिए ।

बालुवाटार भएको देउवा र प्रचण्डको भेटवार्ता पछि एमसीसी संसदमा पेश नगर्ने सहमति भएको छ । त्यस्तै, भोलि सत्ता गठबन्धन दलको बैठक बस्ने र थप निर्णय गर्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संचारकर्मीलाई जानकारी दिएका छन् ।
माओवादी केन्द्रका संसदीय दलको बैठकले प्रचण्डकै प्रस्तावामा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको थियो ।

संसदीय दलको निर्णयसहित प्रचण्ड प्रधानमन्त्री निवास पुगेका थिए । माओवादी केन्द्रले जबरजस्त एमसीसी आजै पेश गरे आफू सरकारबाटै बाहिरिने चेतावनी समेत दिएको थियो ।

यसैबीच सभामुख अग्नि सापकोटाले आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा एमसीसी नराखिने जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले सभामुखलाई हिजो फोन गरेर कार्यसूचीमा राख्न भनेका थिए । तर, प्रचण्ड र देउवाको सहमतिपछि कार्यसूचीमा नराख्न सरकारले सभामुखलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal