आज :

श्रमजिवी पत्रकार संघले भन्यो-एमसीसी देश हितमा छैन, विरुद्धमा लेख्‍न पत्रकारलाई आग्रह

काठमाडौं । श्रमजिवी पत्रकार संघ नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशको हितमा नभएको भन्दै खारेजी गर्नुपर्ने बताएको छ  । संघका अध्यक्ष जन्मदेव जैसी र महासचिव धनञ्‍जय बुढाले बुधबार एक विज्ञप्ति जारी गरेर जनस्तरबाट व्यापक विरोध भइरहँदा सरकारले संसदमा टेबुल गर्नु दुःखद भएको बताएको छ ।

विज्ञप्तिमा एमसीसी पक्षधरहरुले राष्ट्रहितमा भएको भन्दै भ्रम आरोप लगाएको भन्दै अमेरिकाले कुनै पनि बुँदा परिवर्तन गर्न नसिकने बताएको र  अमेरिकाले इण्डो प्यासिफि रणनीति अन्तरगत भएको भन्दै आउनेले देशहितमा नभएको पुष्टि भएको बताइएको छ । सहयोग कार्यक्रमको नाममा अमेरिकी स्वार्थ लुकेको छर्लङ भएको संघले बताएको छ ।

”एमसीसीका पक्षधरहरुले जतिसुकै राष्ट्रिय हितमा र विरोधीहरुले भ्रम फैलाएको भन्ने आरोप लगाए पनि एमसीसी सम्झौतामा भएका नेपाल हित विपरितका केही बुँदाहरु, बारम्बार अमेरिकी सरकारले एमसीसीका कुनै पनि बुँदा परिवर्तन गर्न नसकिने र इण्डोप्यासिफीक रणनीति अन्तरगतको कार्यक्रम भएको भन्दै आउनुले यो परियोजना राष्ट्रहित विपरित नै भएको पुन:पुष्टि भएकाे छ। सँगसँगै विदेशमन्त्री लुको धम्कीले सहयोगका नाममा अमेरीकी स्वार्थपूर्तिको हतारो छर्लङ्गै भयाे” विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी विज्ञप्तिमा सम्पूर्ण श्रमजीवी–राष्ट्रवादी पत्रकारहरुलाई देशको सार्वभौमिकता र बृहत्तर राष्ट्रिय हितविरोधी एमसीसी खारेजीको लागि संघकाे अभियानलाई साथ दिन हार्दिक अनुराेध समेत गरेको छ । साथै, यसका विरुद्ध कलमजीवीहरुले लेख्न,बोल्न र जनतालाई यसबारे प्रष्ट पार्न विशेष आग्रह गर्दै आम जनता एमसीसी देशको हितविपरित भएकोले त्यो बाहेकका विषयको भ्रममा नपर्न अपिल समेत विज्ञप्तिमा गरिएको छ ।

यस्तो छ विज्ञप्ति

MMC विरुद्धको हाम्राे अभियान

देशैभरका श्रमजिवी पत्रकार एवं श्रमिक सञ्चारकर्मीहरुको अभिभावक संगठन श्रमजीवी–पत्रकार संघ, नेपाल सञ्चारगृहमा कार्यरत श्रमजीवीहरुका हकहित र अधिकारका लागि लड्न स्थापना भएको यहाँहरुलाई अवगत नै होला । त्यसैगरी राष्ट्र र राष्ट्रियताका विषयमा पनि श्रमजीवी-पत्रकार संघ निसंकोच वोल्ने, लेख्ने र जनतालाई सु-सुचित गर्ने र गराउने विषयमा पनि स्थापना कालदेखि पनि अग्र मोर्चामा रहेको पनि छर्लंग नै छ ।

यसै सन्दर्भमा देशमा वहुविवादित विषयका रुपमा चर्चामा रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) लाई आम जनताको स्तरबाट खारेजीको माग र दबाब बढेपनि संसदबाट अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा सत्ता साझेदार तथा सत्ताबाहिरका राजनीतिक पार्टीहरुबीचमा ब्यापक धुर्विकरणको अवस्था खडा भएको छ । एकातिर गत माघ २७ गते अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुद्वारा प्रम शेरबहादुर देउवा र प्रमुख दलका शिर्ष नेताहरुलाई सहयोग लिन धम्कीसहितको दबाबले एमसीसीभित्रको रहस्य छताछुल्ल भएको र नेपाली जनताको आशंका पुष्टि भएको छ, ‘कि एमसीसी नेपालको लागि सहयोग भन्दा अमेरीकी स्वार्थलाई पक्षपोषण र नेपालको सार्वभौम सत्तालाई कुण्ठित पार्ने राष्ट्रहित विपरितको परियोजना हो ।’ एमसीसीका पक्षधरहरुले जतिसुकै राष्ट्रिय हितमा र विरोधीहरुले भ्रम फैलाएको भन्ने आरोप लगाए पनि एमसीसी सम्झौतामा भएका नेपाल हित विपरितका केही बुँदाहरु, बारम्बार अमेरिकी सरकारले एमसीसीका कुनै पनि बुँदा परिवर्तन गर्न नसकिने र इण्डोप्यासिफीक रणनीति अन्तरगतको कार्यक्रम भएको भन्दै आउनुले यो परियोजना राष्ट्रहित विपरित नै भएको पुन:पुष्टि भएकाे छ। सँगसँगै विदेशमन्त्री लुको धम्कीले सहयोगका नाममा अमेरीकी स्वार्थपूर्तिको हतारो छर्लङ्गै भयाे ।

त्यसैले सम्पूर्ण श्रमजीवी–राष्ट्रवादी पत्रकारहरुलाई देशको सार्वभौमिकता र बृहत्तर राष्ट्रिय हितविरोधी यस एमसीसी परियोजना खारेजीको लागि श्रमजीवी-पत्रकार संघ, नेपालकाे अभियानलाई साथ दिन हार्दिक अनुराेध गर्दछाैं । साथै यसका विरुद्ध कलमजीवीहरुले लेख्न,बोल्न र जनतालाई यसबारे प्रष्ट पार्न विशेष आग्रह गर्दै आम जनता एमसीसी देशको हितविपरित भएकोले त्यो बाहेकका विषयको भ्रममा नपर्न अपिल गर्दछौं ।

०४ फागुन, २०७८

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal