आज :

माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने, वाइसिएल र अखिल क्रान्तिकारीले संसद् भवन घेराउ गर्दै

काठमाडौँ । सरकारको मुख्य घटक नेकपा (माओवादी केन्द्र) विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा उभिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी जबरजस्त आज संसदमा पेश गर्न लागेको भन्दै माओवादी नेताहरु असन्तुष्ट छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीका विवादित बुँदा संशोधनको लागि अमेरिकासँग छलफल गर्न आग्रह गर्दा पनि देउवाले हुबहु पास गर्ने निर्णय गरेका थिए । एमसीसी फिर्ता पठाउने नभए विवादित बुँदाहरु हटाउनु पर्ने प्रचण्डले बताउँदै आएका थिए । तर, नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले जसरी भएपनि संसदमा लैजाने निर्णय गरेका छन् ।

सरकारको निर्णयसँगै आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुने भएको भएसँगै माओवादी केन्द्रका जनवर्गीय संगठनहरु सडक आन्दोलनमा उत्रिएका छन् । युवा संगठन वाईसिएल नेपाल र अखिल क्रान्तिकारीको आयोजनामा आज दिउँसो वानेश्वरमा विरोध प्रदर्शन हुँदैछ ।
माओवादीका जनवर्गीय संगठनहरु एमसीसी संसदमा पेश हुने बेला संसद भवन घेराउ गर्ने समेत जनाएका छन् । पार्टीले संसदमा एमसीसीको विपक्षमा उभिने बताएसँगै जनवर्गीय संगनहरु सडकमा निस्किएका छन् ।

यसैबीच अर्थमन्त्री जर्नादन शर्मा प्रभाकरले एमसीसी टेबुल नगर्ने बताएका छन् । संसदमा एमसीसी टेबुल गर्न प्रधानमन्त्रीले दिएको निर्देशन अस्वीकार गर्दै प्रभाकरले पार्टीको नीतिअनुसार आफू चल्ने भन्दै अहिलेकै अवस्थामा एमसीसी टेबुल गर्न नसक्ने जवाफ फर्काएका थिए । मन्त्री शर्मा आजको संसद बैठकमै अनुपस्थित हुने बताइएको छ ।

एमसीसीबारे निर्णय गर्न माओवादी केन्द्रले यही फागुन ८ र ९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । एक नेताका अनुसार बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय हुने बताए ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal