काठमाडौँ । विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध भोलि नेपाल बन्दको आह्वान गरिएको छ । एमसीसी सम्झौताको विरोध गर्दै आएका पाँच पार्टीले भोलि (बुधबार) नेपाल बन्दको घोषणा गरेका हुन् ।
सरकारले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेसँगै पाँच दलीय मोर्चाले नेपाल बन्द गरेको हो । नेकपा माओवादी केन्द समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले राष्ट्रघाती एमसीसी पास गर्नेगरी संसदमा पेश गरेकोले नेपाल बन्दको आह्वान गरेको जानकारी दिए । उनले एमसीसीको विरोधमा अब सडक संघर्ष चर्काउने समेत बताए ।
विप्लव नेतृत्वकाे नेकपा, बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) नेकपा मसाल, वैज्ञानिक समाजवादी पार्टी र नेकपा माअाेवादी केन्द्र (समाजवादी)ले नेपाल बन्दकाे अाह्वान गरेका हुन् ।
नेपालको इतिहासमा एक पटक फेरि संसदवादी पार्टीहरुले राष्ट्रघाती कदम चालेको भन्दै बढाथोकीले जनताले कारवाहीगर्नुपर्ने बताए ।
यसैबीच नेपाली काँग्रेसले एमसीसी टेबुल गर्ने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलका बैठकले बुधबार बस्ने संसद बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको हो ।
नेपाल बन्दकाे घाेषणा भएसँगै सरकारले काठमाडाैँमा सुरक्षा सतर्कता बढाएकाे छ ।
यसअघि पाँच दलीय माेर्चाले संघर्षका कार्यक्रम सार्वजनिक गरेकाे थिया ।