आज :

विवादित एमसीसी बुधबार संसदमा टेबुल गराउने काँग्रेसको निर्णय, एमालेले अवरोध गर्ने

काठमाडौँ । नेपाली काँग्रेसले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बुधबारको प्रतिनिधिसभा बैठकमा टेबल गराउने निर्णय गरेको छ। काँग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले भोलि बस्ने बैठकमा एमसीसी टेबुल गराउने निर्णय गरेको हो ।

संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने तयारी भइरहेको त्यसको लागि पार्टीले निर्णय गर्नुपर्ने बताएका थिए । उनले एमसीसीमा एमालेले दोहोर चरित्र देखिएको बताए ।

प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलहरुले पनि दोहोरो चरित्र देखाएको बताउँदै सरकारले मनाउने प्रयास गर्ने बताए । देउवाको प्रस्तावअनुसार बैठकले एमसीसी प्रतिनिधि सभा बैठकमा टेबुल गराउने निर्णय गरेको छ ।

त्यसैगरी बैठकमा देउवाले प्रधानन्यायाधीश विरुद्धको महाभियोग पास गर्नका लागि पनि छलफल र परामर्श अघि बढाइने सांसदहरलाई जानकारी दिएका थिए ।

निर्णय लगत्तै बैठक स्थलबाटै प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत आग्रह गरेका थिए । कार्यव्यवस्था समितिको बैठकबाट एमसीसी टेबल गर्ने एजेण्डा बनाउन देउवाको आग्रह छ ।

पटक पटक स्थगित हुँदै आएको संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने बताएको छ । एमालेले आफ्ना मागहरु पूरा नभएको भन्दै संसद बैठक अवरोध गर्ने बताएको छ ।

एमालेले माधव कुमार नेपालसहित १४ सांसदहरुलाई कारवाही गर्नुपर्ने, सभामुखले राजिनामा दिनुपर्ने माग राख्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । तर, एमाले अवरोधबीच एमसीसी टेबुल गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal