आज :

एमाले सांसदको हस्ताक्षर दराजमा राखियो, ‘काउन्टर महाअभियोग’ तत्काल नआउने

काठमाडौं । नेकपा (एमाले) आजै काउन्टर महाअभियोग दर्ता गर्ने चर्चा भएपनि त्यो नहुने नेताहरुले बताएका छन् । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई बिफल गर्ने निर्णय गरेको एमालेले तत्काल महाअभियोग नल्याउने भएको छ ।

सोमबार एमाले संसदीय दलको बैठकमा नेताहरुबीच एक रुपता आउन नसक्दा तत्काल महाअभियोग नआउने भएको हो । बैठकमा सांसहरुको महाअभियोग र विवादित एमसीसीबारे फरक फरक धारणा राखेका थिए । चुनावको मुखमा जबराविरुद्धको महाअभियोगको रक्षा गर्न नहुने र काउन्टर महाअभियोग पनि ल्याउन नहुने नेताहरुले धारणा राखे । नेता भीम रावलले एमसीसीको विरोध र जबराको बचाउ गर्न नहुने प्रस्ताव राखेका थिए ।

बैठकमा बोल्दै अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले उत्तेजनामा आएर कुनै निर्णय नगर्ने भन्दै परिस्थितिअनुसार परिपक्क रुपमा निर्णय लिने बताए । ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने बताएका छन् । हिजाे महाअभियाेगकाे प्रतिरक्षा गर्ने निर्णय गरेकाे एमाले राती नै फरिएकाे छ । बैठकमा सांसदहरुले चोलेन्द्र शमशेर राणामाथिको महाभियोग र एमसीसीबारे पार्टीको धारणा स्पट हुनुपर्ने धारणा राखेका थिए ।

त्यसैगरी एमाले स्थायी कमिटी सदस्य समेत रहेका नेता शेरबहादुर तामाङले प्रचारमा आएजस्तो सर्वोच्च अदालतका न्यायाधीहरुविरुद्ध महाअभियोग ल्याउने कुनै योजना नरहेको बताए । तामाङका अनुसार सांसदहरुको हस्ताक्षर भने संकलन गरिएको छ । खाली कागजमा गरिएको हस्ताक्षर कुनै पनि प्रयोजनको लागि प्रयोग गर्न सकिने नेताहरुले बताएका छन् ।

त्यसैगरी एमालेमा एमसीसीबारे पनि फरक फरक धारणा आएका छन् । अधिकांश नेताहरु यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नसक्ने बताएका छन् । त्यसलाई पुष्टि गर्दै नेता तामाङले संचारकर्मीसँग एमसीसी संसदमा टेबुल भए पनि एमालेले समर्थन नगर्ने बताएका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले परिपक्क निर्णय लिने जिम्मा उच्च नेताहरूलाइ जिम्मा दिएकाे र परिपक्क निर्णय हुने बताए । उनले बाहिर काउन्टर महाअभियाेग नअाउने बताए । उनले सांसदहरूकाे हस्ताक्षार सुरक्षित राखिएकाे संचारकर्मीलाइ दिए । संसदकाे अवराेध जारी रहने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal