आज :

जबराविरुद्धको महाअभियोग फेल गराउने एमालेको निर्णय, दुई तिहाई नपुग्‍ने

काठमाडौं । नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई कुनै पनि हालतमा पारित हुन नदिने निर्णय गरेको छ । उसले यस घटनालाई गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार भनेको छ ।

आइतबार सत्तारुढ गठबन्धनका सांसदहरु जबराविरुद्ध महाभियोग दर्ता गरेपछि बसेको एमाले सचिवालय बैठकले त्यसको प्रतिवाद गर्ने समेत निर्णय गरेको छ ।

साँझ सकिएको बैठकपछि संचारकर्मीसँग बोल्दै एमाले महासचिव शंकर पोखरेलले नेपालमा सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा आएको आफूहरुले अनुमान गरेको बताए । पोखरेलले महाभियोगलाई असफल पार्ने निर्णय गरेको समेत बताए ।

एमालेको यो निर्णयसँगै जबराविरुद्धको महाअभियोग संसदबाट पास नहुने पक्का भएको छ । महाअभियोग पारित हुनुका लागि दुईतिहाइ चाहिन्छ  तर सत्तापक्षसँग दुई तिहाई पुग्दैन ।

प्रतिनिधिसभामा  हाल २ सय ७१ जना सांसद छन् । यो संख्याको दुई तिहाई पुग्न १ सय ८१ जना आवश्यक पर्छ । यो संख्या जुटाउन एमालेको साथ अनिवार्य छ तर एमालेले महाअभियोगलाई असफल पार्ने निर्णय गरिसकेकोले संसदबाट पारित हुने सम्भावना छैन ।

संसमाद एमाले- ९७, कांग्रेस- ६१, माओवादी केन्द्र- ४९ (सभामुखबाहेक), एकीकृत समाजवादी- २४ (सोमप्रसाद पाण्डेसहित), जनता समाजवादी- १९, लोसपा- १३, जनमोर्चा- १, नेमकिपा- १ सांसद छन् । त्यस्तै ४ जना निलम्बित छन् ।

प्रधानन्यायाधीश जबराले संसद अवरुद्ध गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । उक्त लामो छलफलमा ओली र जबराबीच कसरी अगाडि बढ्ने भन्नेमा छलफल भएको बताइएको छ ।

स्रोतहरुका अनुसार ओलीले जबराविरुद्धको आन्दोलन तुहाउन सहयोग गर्ने र जबराले नेकपा एकीकृत समाजवादीका १४ सांसदको मुद्दा अगाडि बढाउने सहमति भएको थियो । सोही सहमतिअनुसार जबराले उक्त मुद्दाको सुनुवाईको पेशी तोकेका थिए ।

नेपाल बार एसोशिएसनको आन्दोलनका कारण इजलासमा नबसेका जबराले आइतबार उक्त मुद्दाको पेशी तोकेका थिए । तर उक्त मुद्दाका कानुन व्यवसायीको निवेदनका कारण पेश सरेको छ ।

आफूले कारवाही गरेका १४ सांसदलाई सभामुखले पदबाट नहटाएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । त्यस्तै लुम्बिनी प्रदेशसभामा नेकपा एमालेले कारबाही गरेका दुई सांसदलाई सभामुखले नहटाएको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो । यी दुवै मुद्दा सर्वोच्चले सँगै राखेर सुनुवाइ गर्दै आएको छ ।

जबराविरुद्धको महाअभियोग पारित नहुने र पुनः यो मुद्दाले झमेला भइरहनेछ । महाअभियोगको छिनोफानो लाग्दासम्म मुद्दा किनारा नलागे जबराले पुनः पेशी तोकेर माधव कुमार नेपालसहितका १४ सांसदलाई बर्खास्त गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal