आज :

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित, संसद बैठक सार्न एमालेको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित गरिएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार कोरोनाका कारण भौतिक रुपमा उपस्थित भएर बैठक बस्न नसकेको हो ।

महाधिवेशनपछि एक बसेर स्थगित भएको बैठक फेरि बस्न सकेको छैन । कोरोना महामारी रोकथाम र नियन्त्रणबारे सरकारले जारी गरेको मादण्डका कारण बैठक बस्न नसकेको माओवादीले बताउँदै आएको छ ।

पदाधिकारी चयन, स्थानीय र एमसीसीबारे छलफल गर्न बोलाइएको बैठक फेरि पनि स्थगित भएको छ । सुरुमा २७ गते बोलाइएको बैठक पछि माघ २८ र २९ गते कमलादीमा बस्ने भनेर सबैलाई जानकारी गरिएको थियो । तर अन्तिम दिनमा पुगेर केन्द्रीय कार्यालयले बैठक स्थगित भएको सूचना जारी गरेको छ ।

माओवादीले केन्द्रीय समिति बैठकबाट एमसीसीबारे औपचारिक धारणा बनाउने बताइएको थियो ।

यसैबीच नेकपा एमालले संसद बैठक स्थगित गर्न सभामुखसँग आग्रह गरेको छ । सरकारको आग्रहमा बुधबार बस्ने बैठक फागुन २ गते सारिएको थियो । बुधबार नै सरकारले एमसीसी टेबुल गर्न लागेको चर्चाबीच संसद बैठक स्थगित गरिएको थियो ।

एमाले संसदीय दलका प्रमुख सचेतक सचेतक विशाल भट्टराईका अनुसार प्रदेश १ को प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र स्थानीय तहका प्रमुख, उपप्रमुुख तथा अध्यक्ष, उपाध्यक्षहरु र प्रदेशभित्रका सबै सांसदहरु सहभागी हुने जानकारी गराउँदै एमालेले प्रतिनिधिसभाको बैठक स्थगित गर्न आग्रह गरेको छ ।

संसद बैठक अवरुद्ध गर्दै आएको नेकपा एमालेको आग्रहअनुसार सभामुखले संसद बैठक सार्नेबारे छलफल सुरु गरेको बताइएको छ ।

एमसीसीबारे सत्ता गठबन्धन दलमै सहमति हुन नसक्दा संसद बैठक पटकपटक सर्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal