आज :

एमसीसी खारेजीको माग गर्दै संसद भवन अगाडि संयुक्त विरोध प्रदर्शन

काठमाडौं । विवादित एमसीसीविरुद्ध संसद भवन अगाडि आठवटा कम्युनिस्ट पार्टीले संयुक्त विरोध प्रदर्शन गरेका छन् । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तकािरी माओवादीसहित ६ पार्टी र दुई मोर्चाले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले आज संसदमा एमसीसी टेबुल गर्न लागेको भन्ने समाचारबीच वानेश्वरस्थित संसद भवन अगाडि संयुक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेका थिए । विरोध प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले एमसीसी राष्ट्रहित विपरित भएको भन्दै खारेजीको माग गरेका थिए । प्रदर्शनकारीहरुले एमसीसी सम्झौता पारित गरे दश ठप्प पार्ने चेतावनी दिएका थिए । संसदमा अनुमोदनमा हस्ताक्षर गर्ने सांसदहरुलाई सामाजिक बहिस्कार गर्ने र जनताले कारवाही गर्ने चेतावनी समेत दिएका थिए ।

विरोध र्‍याली कामाइतीघरदेखि सुरु भइ नयाँ बानेश्वरमा कोणसभामा परिणत भएको थियो । कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्दै एमसीसी खारेज अमेरिकाले नेपाललाई सैन्य अखाडा बनाउन चाहेको बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal