काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक २८ र २९ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालकाअनुसार बैठक यही माघ २८ र २९ गतेका लागि बोलाइएको हो। यसअघि माओवादीले माघ २७ गते बैठक बोलाएको थियो ।
महाधिवेशनपछि अध्यक्ष चयन गरेपछि केन्द्रीय समिति बैठक बस्न सकेको छैन । कोरोना महामारी सम्बन्धी सरकारले जारी गरेको मापदण्डका कारण भौतिक रुपमा बैठक बस्न सकेको थिएन ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणापछि अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठक बोलाएका हुन् । बैठकमा पार्टीका पदाधिकारी चयन, स्थानीय तहको निर्वाचन र विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) मुख्य एजेण्डा रहेको माओवादी केन्द्रका एक नेताले बताए ।
पदाधिकारीसँगै स्थायी, पोलिट्ब्यूरो र थप थर्न बाँकी केन्द्रीय समिति सदस्यहरुको पनि टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ । बैठकले एमसीसीबारे औपचारिक धारणा बनाउने नेताहरुले बताएका छन् ।