आज :

स्थानीय चुनावः मतदाताको संख्या १ करोड ९० लाख पुग्यो, आजबाट नामावली संकलन स्थगित

काठमाडौँ । निर्वाचन आयोगले आजबाट मतदाता संकलन कार्य स्थगित गरेको छ । सरकारको निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले मतदाता संकलन कार्य रोकेको हो ।

आयोगले निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिएको बताएको छ । निर्वाचनको मिति घोषणा भएपछि मतादाता नामावली संकलन गर्न कानुनले नै रोक लगाएको छ ।

आयोगका अनुसार सोमबारसम्म देशभर १ करोड ९० लाखजनाले मतदाता नामावलीमा नाम समावेश भएको छ । यो प्रारम्भिक तथ्यांक भएकोले अन्तिममा जाँदा दोहोरो परेको भए घट्न सक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal