आज :

एमसीसीको पत्रः फागुन १६ गतेभित्र संसदबाट पारित नभए फिर्ता

काठमाडौँ । विवादित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले नेपाललाई नयाँ पत्र पठाएको छ । एमसीसीका कार्यवाहक मुख्य कार्यकारी अधिकृत मोहमद बहले फेब्रुअरी ३ अर्थात विहीबा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई पत्र पठाएको हो ।

पाँच महिना पहिले प्रधानमन्त्री देउवा र प्रचण्डले अमेरिकाको वासिङ्टन डिसीस्थित एमसीसीलाई पत्र पठाएको पठाएको समाचार सार्वजनिक भएको थियो । गत सेप्टेम्बर २९ मा देउवा र प्रचण्डले नेपालको तर्फ पठाइएको पत्रमा मागिएको ५ महिनाको समय मागिएको उल्लेख छ ।

देउवा र प्रचण्डको उक्त एमसीसीले नै आइतबार नेपाली संचारमाध्यमलाई समेत बितरण गरेको छ । उसले पत्रमा अमेरिकाले एमसीसी संसदबाट पारित गर्नका लागि आगामी फेब्रुअरी २८ अर्थात् फागुन १६ सम्मको समयसीमा समेत तोकेको छ । यो समयसीमा भित्र पनि नेपालले संसदबाट पारित नगरे मार्चमा बस्ने बैंठकले यसबारे निर्णय गर्ने उल्लेख गरिएको छ । एमसीसीले घुमारो भाषामा संसदबाट पारित नभए फिर्ता लैजाने समेत चेतावनी दिएको छ ।

एमसीसी संसदबाट पारित नभएको खण्डमा ५ सय मिलियन डलर बराबरको अनुदान सहयोगलाई खारेज गर्ने अधिकार बोर्डसँग रहेको र यदि बोर्डले सो निर्णय गरे नेपालसँग एमसीसीको सहकार्य अन्त्य हुने पत्रमा भनिएको छ । पत्रमा एमसीसी सहयोग लिने नलिने नेपालको सार्वभौम अधिकार भएको पनि उल्लेख गरिएको छ ।

एमसीसीको पत्रमा भनिएको छ, ‘हाम्रो सहकार्यलाई नेपाली जनताका लागि अघि बढाउन हामीले नेपाल सरकारसँग करिब एक दशक नजिकमा रहेर काम गरेका छौँ । नेपाली नेतृत्वले चाहेको खण्डमा हामी समावेशी र दिगो विकासको माध्यमबाट गरिबी निवारणका लागि नेपाली जनताको साथमा उभिन तयार छौँ । हामी नेपाल सकारसँगको सहकार्यलाई महत्त्व दिँदै आगामी दिनमा पनि नेपाल र नेपाली जनताका लागि आर्थिक अवसरहरू सिर्जन गर्नका लागि सँगै काम गर्न इच्छुक छौँ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal