आज :

काँग्रेस नेता पौडेल र सिटौला पनि एमसीसीको विपक्षमा, प्रधानमन्त्री देउवा पछि हटे !

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा उभिएका छन् । नेता सिटौलाले तत्काल एमसीसी संसदमा टेबुल नगर्न पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

एमसीसीमा राष्ट्रिय सहमति नजुटाई संसदमा टेबुल गर्दा त्यसको परिणाम गम्भीर हुन सक्ने भन्दै सिटौलाले देउवालाई थप छलफल गर्न सुझाव दिएका छन् । “एमसीसीको विपक्षमा ठूलो जनताको हिस्सा छ, चुनावको मुखमा जबरजस्त एमसीसी अगाडि बढाए गठबन्धन पनि टुट्छ र चुनावमा काँग्रेसको लज्जाजनक हार हुन्छ” सिटौलाको भनाई उदृत गर्दैै स्रोतले भन्यो ।

नेता सिटौलाले प्रधानमन्त्रीसँगको भेटमा एमसीसी भन्दा देशका जनताको भावना ठूलो भएको भन्दै यसबारे उठेको भ्रमको निराकरण नगरी पास गर्न नहुने सुझाव दिएका थिए । उनले प्रमुख प्रतिपक्ष नेकपा –एमाल)का अध्यक्ष केपी शर्मा ओलीको भर परेर एमसीसी अगाडि बढाए काँग्रेको लागि आत्मघाती हुने भन्दै सत्ता गठबन्धन जोगाउन समेत प्रधानमन्त्रीलाई सुझाव दिए ।

“जनताको ठूलो हिस्सा विरोधमा भएको बेला र चुनावको मुखमा एमसीसी अगाडि बढाउँदा काँग्रेसले पनि लज्जाजनक हारको सामना गर्नुपर्ने हुन सक्छ । तपाईँको यही पाराले काँग्रेस चुनावपछि अहिलेको हैसियत हुने देखिँदैन” सिटौलाले देउवासँगको भेटमा भेनको स्रोतको दाबी छ ।
स्रोतका अनुसार अर्का वरिष्ठ नेता रामचन्द्र पौडेल पनि एमसीसीलाई तत्काल संसदमा लैजान नहुने पक्षमा उभिएका छन् । प्रधानमन्त्रीसँगको भेटमा पौडेलले एमसीसी सरकारले अगाडि बढाए सत्ता गठबन्धन भत्किने र चुनावमा बाम गठबन्धन हुने बताए । एमसीसी पास गर्न एमालेले साथ दिएपनि चुनावमा फेरि काँग्रेसले अघिल्लो चुनावकै अवस्थाको हुन सक्ने भन्दै पौडेलले तत्काल अगाडि नबढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताइएको छ ।

सत्ता साझेदार पार्टीको असहमति र पार्टीकै शिर्ष नेताहरु नै एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्री देउवा पनि पछि हटेको स्रोतको दाबी छ । उनले ‘एमसीसी छलफल कार्यदल’ बनाउनेबारे छलफल थालेका छन् । उक्त कार्यदलले एमसीसीसँग छलफल गर्नेछ ।

यसअघि सत्ताको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी अगाडि बढाए आफू सरकारबाट बाहिरिने प्रधानमन्त्रीलाई चेतावनी दिइसकेका थिए । त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि अहिलेकै अवस्थामा एमसीसी अगाडि बढाए आफ्नो पार्टीले पपिन सरकार छोड्ने बताइसकेका छन् ।

एमाले अध्यक्ष ओलीले एमसीसी टेबुल गरे आफूले साथ दिने बताएपनि प्रधानमन्त्री विश्वस्त हुन नसकेको बताइएको छ । प्रधानमन्त्री देउवा एमसीसीलाई चुनावपछि सार्न तयार भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले अमेरिकाले निकै दवाव दिएकोले आफू समस्यामा परेको सत्ता गठबन्धनको बैठकमा बताएका थिए । पार्टीभित्रै पनि तत्काल अगाडि नबढाउन भन्ने दवाव प्रचण्डले पनि सरकारबाट बाहिरिने भनिसकेको अवस्थामा प्रधानमन्त्रीले पछि हट्ने मनस्थितिमा पुगेका छन् । आकाशै खस्ने गरी प्रधानमन्त्रीलाई दवाव नआए अब तत्काल एमसीसी संसदमा टेबुल हुने सम्भावना टरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal