
काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट थप १६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण विभिन्न अस्पतालमा उपचाररत रहेका १६ जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७९४पुगेको छ ।
मन्त्रालयका अनुसार थप २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ । ११ हजार ७३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । कुल ६ हजार ६५५ नमुनाको पीसीआर टेष्ट गर्दा एक हजार ६०२ र चार हजार ४१८ नमुनाको एन्टीजेन टेष्ट गर्दा ९२४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १० लाख ९७ हजार ५८९ पुगेको छ ।
त्यसैगरी पछिल्लो आठ हजार ४२५ जन संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा ८ लाख ९५ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन् । ५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३६७ जना संस्थागत आइसोलेसनमा छन् ।
उनीहरुमध्ये २४३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाउको छ ।
आज पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ७४५ जनामा कोरो संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।