आज :

एमसीसी अगाडि नबढाउने सहमति ! अमेरिकाको दवावभन्दा नेपाली जनताको भावना ठूलोः प्रचण्ड

काठमाडौँ । सत्ता गठबन्धनका मुख्य तीन नेता अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तत्काल अगाडि नबढाउने सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनदेखि एमसीसी संसदमा पेश गर्नेबारे सत्तासाझेदारसँग छलफल गरिरहेका छन् ।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच सघन छलफल भएको थियो । स्रोतका अनुसार छलफलको सुरुमा प्रधानमन्त्रीले एमसीसी संसदमा लैजाउ र मत दिने–नदिने सांसदलाई स्वतन्त्रता दिने प्रस्ताव राखेका थिए ।

तर, अध्यक्ष प्रचण्डले एमसीसीका केही बुँदा राष्ट्रहित विपरित भएको र त्यसको चारैतिर विरोध भइरहेको अवस्थामा अहिलेकै अवस्थामा अगाडि बढाउन नसकिने बताएका थिए । उनले एमसीसी संसदमै लैजाँदा राष्ट्रि राजनीतिमै गम्भीर संकट आउने र त्यसको सामना गर्न नसकिने बताएका थिए ।

त्यसैगरी एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि तत्काल एमसीसी अगाडि बढाउदा सत्ता गठबन्धनमै समस्या पैदा हुने र त्यसको फाइदा प्रतिगामी तत्वले पाउने भन्दै स्थगित गर्नुपर्ने धारणा राखेका थिए ।

प्रचण्ड र नेपालको कुरामा प्रधानमन्त्री देउवाले सहमति जनाउँदै आफूलाई अमेरिकाले एमसीसी पास गराउन दवाव दिइरहेले अप्ठ्यारो परेको जानकारी समेत गराएको स्रोतको दाबी छ । अमेरिकाको दवाव भन्दा नेपाली जनताको दवावको ठूलो अर्थ रहने प्रचण्डले बताएपछि प्रधानमन्त्री एक कदम पछि हटेको बताइएको छ ।

एक नेताका अनुसार बुधबार तीनै नेता चुनावअघि एमसीसी संसदमा नलिने विषयमा सहमति नजिक पुगेका छन् । तत्काल संसदमा लैजान नसकिनेबारे कुटनीतिक तरिकाले अमेरिकासँग प्रधानमन्त्रीले कुरा गर्ने सहमति भएको बताइएको छ ।

गठबन्धन तोडेर भएपनि प्रधानमन्त्री एमसीसी अगाडि बढाउन चाहेको भन्ने समाचार सार्वजनिक भएको थियो । तर, चुनावको मुखमा जबरजस्ती अगाडि बढ्न प्रधानमन्त्री तयार नभएको बताइएको छ ।

प्रधानमन्त्रीले एमसीसी संसदमा लैजाने निर्णयमा पुगेपनि सभामुख अग्नि सापकोटाले प्रक्रिया नबढाउने पक्का छ । उनलाई हटाउन पनि त्यति सजिलो छैन । गठबन्धन तोडे सहयोग गर्न तयार बताइसकेको नेकपा एमाले र काँग्रेस मिल्दा पनि दुई तिहाई पुग्दैन । प्रचण्ड तयार भएमात्रै सभामुखले अगाडि बढाउने भन्ने बुझाई प्रधानमन्त्रीको पनि छ । अब एमसीसी के हुन्छ भन्ने विषय प्रचण्डको भूमिकामा निर्भर रहेको चर्चा हुन थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal