आज :

जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस, हाेला त जेठमै चुनाव ?

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ जेठ स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको छ । आयोगले जेठ ५ गते कार्यकाल पूरा हुन लागेकोले २०७९ को जेठ ४ गते निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको हो ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आयोगका पदाधिकारीहरुले सो सिफारिस गरेका हुन् । कार्यकाल सकिनु अगावै निर्वाचन गर्नु आफ्नो संवैधानिक दायित्व भएको बताउँदै आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा भनेका थिए ।
आयोगले सिफारिस गरेको मितिमा चुनाव गर्न आफू सकारात्मक रहेको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले राष्ट्रिय समिति जुटाएर अगाडि बढ्ने बताएका थिए । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलको बैठकमा सो प्रस्ताव लैजाने र त्यसबाट अनुमोदन गराएर औपचारिक रुपमा मिति सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

आयोगले यसअघि एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखमा गर्न प्रस्ताव गरेको थियो । तर सत्तारुढ पाँचदलीय गठबन्धनले संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै ऐन संशोधन गर्नुपर्ने बताएको थियो ।

गठबन्धन दलका शिर्ष नेताहरुले तीनवटै तहको निर्वाचन एकैपटक गर्ने बताएका थिए । स्थानीय तहको चुनाव सारेर जनप्रतिनिधिविहीन बनाउन खोजेको भन्दै चौतर्फी विरोध भएको थियो । सत्ता गठबन्धन दलहरुले फागुन २०७९ मा तीनै तहको निर्वाचन गर्ने छलफल गरेका थिए ।
संविधानमा कार्यकाल समाप्त भएको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्ने व्यवस्था गरिएको छ । त्यसलाई सरकारले र निर्वाचन आयोगल आआफ्नै ढंगबाट ब्याख्या गरेका छन् ।

सत्ता गठबन्धन दलहका नेताहरुले कार्यकाल सकिएको मितिले ६ महिना भनेका छन् भने आयोगले कार्यकाल समाप्त भएको ६ महीनाभित्र गाउँसभा र नगरसभाको निर्वाचन हुनुपर्ने भन्ने सन्र्दभमा उक्त व्यवस्था गरिएको बताएको छ ।

आयोगले सिफारिस गरेकै समयमा चुनाव होला भन्ने सवालमा महत्वपूर्ण बनेको विज्ञहरु बताउँछन् । सरकारले उक्त समयमा निर्वाचन मिति घोषणा नगरे प्रमुख प्रतिपक्ष नेकपा एमालेले सडक आन्दोलन गर्ने चेतावनी दिइसकेको छ । उसले चुनावको मिति घोषणा गर्न सात दिनको अल्टिमेटम समेत दिइसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आयोगले सिफरिस गरेकै समयमा चुनाव गराउन सरकारलाई निरन्तर दवाव दिइरहेकी छन् । यसकारण पनि सरकार चुनाव गराउनेपर्ने दवावमा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal