आज :

प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीलाई छलफलमा बोलाए, जेठ ४ गते स्थानीय चुनाव गर्ने प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएका छन् । आज ३ बजे हुन लागेको छलफलको क्रममा स्थानीय तहको निर्वाचनको तयारीबारे आयोग र सरकारबीच कुराकानी हुने भएको छ ।

यसैबीच निर्वाचन आयोगले आजकै बैठकमा जेठ ४ गते स्थानीय तहको चुनावको गर्ने मिति प्रस्ताव गर्ने बताइएको छ । आजको बैठकले नै स्थानीय तहको चुनावको मिति ठोस गर्ने बताइएको छ ।

आयोगले प्रस्तावको गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि सो प्रस्ताव गृहमन्त्रालय पठाइने भएको छ । अबको दुई दिनभित्र आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ । र, गृहले चुनावको मिति मन्त्रिपरिषद्मा पेश गर्नेछ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले चुनावको मिति घोषण नगरे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको थियो । त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चुनावको मिति नसार्न सरकारलाई पत्र नै पठाइसकेकी छन् ।

सत्ता गठबन्धन दलहरुबीच स्थानीय तहको चुनाव ६ महिना पछि सार्ने प्रयास गरेपनि चौतर्फी विरोध भएपछि सरकार जेठभित्रै स्थानीय तहको चुनाव गर्न तयार भएको देखिएको छ ।

निर्वाचन आयोगले पनि स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal