आज :

तीन करोड काण्डमा मुछिएर राष्ट्र बैंकले कारवाही सिफारिस गरेका सन्तोष घिमिरे को हुन् ?

काठमाडौँ । गैरकानुनी रुपमा भल्टबाट तीन करोड कर्जा प्रवाह गरेर विवादित बनेको गोर्खाज फाइनान्समा अर्को काण्ड घटाउने खेल सुरु भएको छ । गोर्खाजका तत्कालिन प्रमुख कार्यकारी अधिकृत र नायब कार्यकारी अधिकृतले कार्यालय समयपछि बिना कुनै प्रक्रिया तीन करोड रुपैयाँ झिकेका थिए ।

बैंकिङ कसूर तथा सजाय ऐन, २०७३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्ध कर्जा प्रवाह गर्ने योजनाकार हुन् तत्कालिन नायक प्रमुख कार्यकारी अधिकृत सन्तोष घिमिरे । नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी समेत रहेका घिमिरे र तत्कालिन प्रमुख कार्यकारी अधिकृतलालबहाजुर थिङले कर्जा प्रमुख बिदामा भएको मौका छोपी कर्जा नीति विपरित कर्जा प्रवाह गरेर उक्त काण्ड घटाएका थिए ।

एक कर्मचारीका अनुसार यो काण्डका मुख्य योजनाकार नै घिमिरे हुन् । उनकै योजनामा गएको असार ११ गते घिमिरेकै योजनामा ताराचन्द्र बजगाईंको नाममा तीन करोड कर्जा निकालिएको थियो । तर, उक्त कर्जा रकम दीक्षान्त बानियाँको खातामा जम्मा गरिएको थियो ।

दीक्षान्त बानियाँ नेपाली काङ्ग्रेसका नेता तथा पूर्वगृहमन्त्री इन्द्र बानियाँका छोरा हुन । गोर्खाजको शेयर कर्नरिङ गरी शेयरधनीलाई बर्बाद बनाई आफू अर्बपति हुने योजनामा रहेको दीपेन्द्र अग्रवालको साझेदारका रुपमा दीक्षान्त बानियाँ समेत सहभागी भएको एक शेयरधनी बताउँछन् ।

राष्ट्र बैंकका कर्जा सम्बन्धी नीतिविरुद्ध भल्टबाट उक्त रकम निकालिएपछि केही शेयरधनीले राष्ट्र बैंकमा उजुरी समेत दिएका थिए । पछि राष्ट्र बैंकले हस्तक्षेप गर्नु परेको थियो । नियमअनुसार बिना कुनै निर्णय एकपटकमा १० लाख रुपैयाँभन्दा बढी झिक्न मिल्दैन ।

पूर्व गोर्खा समुदायको खुन पसिनाबाट निर्माण भएको फाईनान्सलाई केही व्यक्तिहरुले कमाउँ धन्दा बनाउँन प्रयास गरेका थिए । गैरकानूनी धन्दा राष्ट्र बैंकसम्म पुगेपछि उक्त फाइल झिकाएर अनुसन्धान गरिएको थियो । राष्ट्र बैंकले दोषी ठहर भएका घिमिरेलाई कारवाही गर्न तत्कालिन बोर्डलाई निर्देशन दिएको थियो । तर, त्यो भन्दा पहिले नै राजिनामा गरेर घिमिरेले गोर्खा फाईनान्स छोडेका थिए । राष्ट्र बैंकले कारवाहीको पत्र तयार गर्ने संकेत पाएपछि घिमिरेले रातारात राजिनामा दिएका थिए । हालका संचालक समितिका अध्यक्षको प्रस्तावमा तिनै घिमिरेलाई फेरि प्रमुख कार्यकारी अधिकृत बनाउन खेल सुरु भएको छ ।

संस्था डुबाउने खेलाडीको रुपमा रहेका घिमिरेलाई नै प्रमुख बनाउन लागेपछि केही शेयरधनीले बिरोध जनाइरहेका छन् । उनीहरुले संस्था डुबाउने नियत भएका व्यक्तिलाई कार्यकारी प्रमुख बनाउन नहुने बताउँदै आएका छन् ।

शेयर कर्नरिङ गरिएको र सर्वसाधरणलाई डुबाउँदै आफूले शेयरबापत अर्बौं रुपैयाँ कुम्ल्याउने र फाइनान्स कब्जा गर्ने योजनामा रहेका शेयर दलाल दीपेन्द्र अग्रवालको योजनामा काँग्रेत नेता बानियाँ रहेको बताइएको छ । उनकै सेटिङमा बानियाँले छोरालाई अग्रवालसँग मिलेर उक्त गैरकानूनी कार्यमा छोरालाई अगाडि सारेका थिए । एक शेयरधनीका अनुसार गोर्खा समुदायको पसिनाबाट निर्माण भएको फाईनान्सलाई जबरजस्त आफ्नो कब्जामा पार्न अग्रवाल निरन्तर लागिरहेका छन् ।

यतिबेला आफैँभित्र कृत्रिम शेयरको मूल्यवृद्धि गरिएको र आफू अनुकुल वातावरण बनाएकाले जसरी पनि साधारणसभा गरेर आफू अनुकुल फाइनान्स बनाउने र सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना अग्रवालको छ ।

केही कर्मचारीले यस्तो गैरकानूनी कार्यको विरोध गरेकै कारण यो घटना सार्वजनिक भएको थियो । यसरी बैंकिङ कसुरमा मुछिएका व्यक्तिलाई नै पुनः संस्थाको प्रमुख बनाउने खेल सुरु भएपछि केही शेयरधनी आक्रोसित भएका छन् । यो विषयमा जानकारी लिन संचालक समितिका अध्यक्ष गौरव बुढाथोकीसँग सम्पर्क हुन् सकेन ।

यस्तो थियो राष्ट्र बैंकमा परेको उजुरी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal