आज :

तीन करोड काण्डमा मुछिएका सन्तोष घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत बनाउने खेल सुरु !

काठमाडौँ । गोर्खाज फाईनान्समा तीन करोड घोटला काण्डमा मुछिएका तत्कालिन नायव महाप्रबन्धक सन्तोष घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत बनाउने खेल सुरु भएको छ ।

काठमाडौँको डिल्लिबजारस्थित गोर्खाज फाईनान्सले गैरकानुनी रुपमा विनाधितो तीन करोड कर्जा प्रवाह गरेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । उक्त काण्डमा घिमिरे दोषी ठहर भएपछि राष्ट्र बैंकले तत्कालिन बोर्डलाई पत्र लेखेर घिमिरेसहित केही कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको थियो । तर, कारवाहीबाट बच्न घिमिरेले फाइनान्स छोडेका थिए ।

स्रोतका अनुसार तिनै घिमेरेलाई पुनः प्रमुख कार्यकारी अधिकृत बनाउन लागेपछि शेयरधनीले विरोध जनाएका छन् । नियामक निकायले कारवाही सिफारिस गरेका व्यक्तिलाई नै प्रमुख कार्यकारी प्रमुख बनाउँदा संस्थागत सुशासन कमजोर हुने र संस्था नै तहसनहस हुन सक्ने भन्दै शेयरधनीले विरोध जनाएका हुन् । भ्रष्टहरुको प्रयोगशाला नभएको भन्दै घिमिरेलाई कारवाही गर्नुको साटो प्रमुख कार्यकारी अधिकृत बनाए आफूहरु कानूनी उपचार खोज्ने एक शेयरधनीले अनलाइन डबलीसँग भने ।

“तीन करोड घोटला काण्डमा संलग्न पूर्व नायब महाप्रबन्धक सन्तोष घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा ल्याउन चलखेल सुरु भएको छ । यदि बित्तिय अपराधमा दोषी व्यक्तिलाई प्रमुख बनाएर संस्थालाई नै तहसनहस बनाउने षड्यन्त्र भएको छ । यदि यस्तो व्यक्तिलाई जबरजस्त संस्थामा भित्र्याइए कानूनी उपचार खोज्न बाध्य हुनेछौं” एक शेयरधनीले भने ।

२०७८ असार ११ गते नियम मिचेर ताराचन्द्र बजगाईको नाममा गोर्खाजले ३ करोड कर्जा प्रवाह गरेको थियो । राष्ट्र बैंकको नियमअनुसार क,ख र व वर्गका बैंक तथा वित्तिय संस्थाले धितो राखेर पनि व्यक्तिगत कर्जाको ५० लाखभन्दा बढी प्रवाह गर्न मिल्दैन भने विना धितो १५ लाख मात्रै कर्जा प्रवाह गर्न मिल्छ । तर, गोर्खाजले निवयम मिलेर ३ करोड कर्जा प्रवाह गरेको थियो । त्यसपछि राष्ट्र बैंकले उक्त फाइल नै झिकाएका थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal