आज :

समुन्द्रमुनीको रुसी ग्याँस पाइललाइन भाँचिदिने धम्कीले यूरोपेली देशहरु अमेरिकाको साथ छोड्दै !

काठमाडौं । अमेरिकाले समुन्द्रभित्रको रुसी ग्याँस पाइपलाइन भत्काउने चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले युक्रेनमाथि हमला गरे रुसले यूरोप जोड्न समुन्द्रमुनी बिछ्याएको ग्याँस पाइपलाइन काटिदिने धम्की दिएका थिए ।

अमेरिकाको उक्त धम्कीपछि जर्मनलगायतका यूरोपेली मुलुकहरु असन्तुष्ट भएका छन् । रुसले जर्मन हुँदै यूरोपीली देशहरुमा सस्ताेमा ग्यास पुर्याउने उद्देश्यले बाल्टिक समुन्द्रमुनी नोर्ड स्ट्रिम-२ नाम दिएर ग्यास पाइप लाइन बिछ्याएको छ । ११ अर्ब डलर खर्च गरेर बिछ्याइएको उक्त पाइप लाइन संचालनमा आउन भने बाँकी छ ।

उक्त पाइपलाइन रुसबाट सिधैं जर्मनसम्म ग्यास पुर्याउनेछ । जसले गर्दा जर्मनमा ग्यासको भाउ आधा घट्ने अनुमान गरिएको छ । जर्मन हुँदै उक्त यूरोपका अन्य देशहरुमा पनि रुसको ग्यास पुग्नेछ । रुसले यूरोपमा २० प्रतिशत मात्रै ग्यास पुर्याउन सके आधा मूल्य घटाउने बताइसकेको छ ।

रुसको यो घोषणाले उत्साहित भएका जर्मनलगायतका यूरोपेली देशहरु अमेरिकाको पछिल्लो चेतावनीबाट असन्तुष्ट बनेका छन् । अमेरिकी कदमले आफूहरुले चर्को ग्यास खरिद गर्नुपर्ने अवस्था विद्यमान रहेन भन्दै यूरोपेली देशहरु रुसको पक्षमा उभिनेबारे छलफल गरिरहेको बताइएको छ ।

अमेरिकाले नोर्ड स्ट्रिम-२ ग्याँस पाइपलाइनमार्फत् यूरोपमा प्रभाव बढाउन खोजेको भन्दै चिन्ता मानेको छ । जर्मन लगायतका देशहरु रुसको पक्षमा उभिन सक्ने भन्दै अमेरिकाले यो पाइपलाइनमा अवरोध पुर्याउन खोजेको छ । रुसले जर्मन ग्यास पुर्याउन बाल्टिक समुन्द्रमुनी १२३० किलोमिटर लामो पाइपलाइन बिछ्याएपछि अमेरिकाको टाउको दुखाई भएको छ ।

रुसले बिछ्याएको यो पाइप लाइन संचालाम आए युक्रेनले बार्षिक १ अर्ब २० करोड डलर गुमाउनेको भएकै कारण पनि अमेरिकाले निहु खोजिरहेको छ । तर अमेरिकाको यो कदमसँगै उसले यूरोपबाट साथ गुमाउदै जाने विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal